News Category 2082/06/06
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
भारततर्फ जान लागेकी दुई विदेशी महिलासहित तीन जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्जेवकिस्तानकी ३९ वर्षिया शेशिस्ताअकवारोवा र ३८ वर्षिया फेरुजा याख्सीमुरा तोवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलाहरुलाई विआर०७ए.वाई१८७६ भारतीय नं. को मोटरसाईकलमा राखी भारतको लौकहा बाजारतर्फ लैजाने प्रयास गरेका भारतीय नागरिक २० वर्षिय नितिश कुमार बिन्दालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
विन्दा भारतको विहार राज्य मधुवनी जिल्ला लालमनियाडुमरवाना ग्राम पञ्चायत निवासी रहेको खुलेको छ । उनले ती महिलाहरुलाई आफुले नचिनेको र रातीको समयमा एकान्त स्थलमा अलपत्र देखेपछि उनीहरुकै अनुरोधमा सुरक्षाका लागी लौकहा बाजारसम्म पु¥याई दिन लिफ्ट दिइ सहयोग गर्न खोजको बताएका छन ।
भारतीय सीमासंग नजिक पर्ने सप्तरीको वलान विहुल गाउँपालिका ४ स्थित चन्ही–वेल्ही सडक खण्डमा शनिवार राती ८ बजेतीर चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए ।
प्रहरी नियन्त्रणमा रहेकी दुबै विदेशी महिलाहरुले आपुृmहरु घुम्ने उद्देश्यले नेपाल आएको र घुम्नै क्रममा आफुहरु बाटो विराएर यता आईपुगेको बयान दिएकी छिन । उनीहरुले आफुहरुसंग पासपोर्ट भएको तर काठमाण्डौमा भाडामा वसेको लजमै छुटेकोे बताएकी छिन । आफुहरु अलपत्र परेको बेला भेटेको विन्दाले लिफ्ट दिएको उनीहरुले प्रहरी समक्ष बताएकी छिन ।
प्रहरी नायब उपरिक्षक वस्नेतले महिलाहरुको बयानका आधारमा काठमाडौमा वस्ने लज (होटल) बाट उनीहरुको पासपोर्ट झिकाउने काम तथा समग्र घटनाक्रमबारे सुक्ष्म अनुसन्धान भईरहेको बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ