News Category 2082/06/06
सुरु भयो वडा दशैं तर, छैन् रौनक
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
आजदेखी नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । तर, यस पटकको दशैंमा रौनक भने देखिएको छैन् । झण्डै १२ दिन अघि मात्र जेनजीहरुले गरेको भ्रष्टाचारबिरुद्धको आन्दोलनका क्रममा ७५ जना सहादत भएका थिए । जसले गर्दा अहिले मुलुक शोकमा डुबेको छ ।
सोही आन्दोलनकै कारण मुलुकको सत्ता नै परिवर्तन भएको छ । आन्दोलनकै क्रममा विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड, आगजनीपछी लुटपाटले अहिले मुलुकमा अस्थिरताको अवस्था छ । नयाँ सरकार निर्माणपछी सो आक्रान्त माहौलमा केही सुधार भएपनी सन्तोषजनक भने छैन् । यी यस्ता कारणले यस पटकको दशैंमा खल्लोपन आएको हो ।
दशैंको पहिलो दिन आज घटस्थापन हो । यस दिन घर घरमा जमरा रोपिने गर्दछ । आजदेखी नवरात्री व्रत सुरु भएको छ । यता प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो ।
दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
तर मन्दिरसम्म पुग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने उनले माग समेत गरे ।
उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्यामरा जडान गरिएको बताए ।
नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् ।
यस्तै जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर, राजविराजस्थित माँ चण्डि भगवती मन्दिर, राजदेवी मन्दिर लगायत अन्य स्थानमा रहेका भगवती मन्दिरहरु दशैंका लागि सिंगारिदै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ