News Category 2082/06/06
सुरु भयो वडा दशैं तर, छैन् रौनक
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
आजदेखी नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । तर, यस पटकको दशैंमा रौनक भने देखिएको छैन् । झण्डै १२ दिन अघि मात्र जेनजीहरुले गरेको भ्रष्टाचारबिरुद्धको आन्दोलनका क्रममा ७५ जना सहादत भएका थिए । जसले गर्दा अहिले मुलुक शोकमा डुबेको छ ।
सोही आन्दोलनकै कारण मुलुकको सत्ता नै परिवर्तन भएको छ । आन्दोलनकै क्रममा विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड, आगजनीपछी लुटपाटले अहिले मुलुकमा अस्थिरताको अवस्था छ । नयाँ सरकार निर्माणपछी सो आक्रान्त माहौलमा केही सुधार भएपनी सन्तोषजनक भने छैन् । यी यस्ता कारणले यस पटकको दशैंमा खल्लोपन आएको हो ।
दशैंको पहिलो दिन आज घटस्थापन हो । यस दिन घर घरमा जमरा रोपिने गर्दछ । आजदेखी नवरात्री व्रत सुरु भएको छ । यता प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो ।
दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
तर मन्दिरसम्म पुग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने उनले माग समेत गरे ।
उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्यामरा जडान गरिएको बताए ।
नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् ।
यस्तै जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर, राजविराजस्थित माँ चण्डि भगवती मन्दिर, राजदेवी मन्दिर लगायत अन्य स्थानमा रहेका भगवती मन्दिरहरु दशैंका लागि सिंगारिदै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ