News Category 2082/06/06
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ । केही दिन अघिसम्म निरन्तर परेको पानीले गाउँपालिकाका विभिन्न वडाका बाटोमा हिलो जम्ने समस्या देखिएपछि रातिको समयमा पनि बाटो मर्मतको काम थालिएको हो ।
दशैंको सुरुवात सँगै बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
आईतबार राति अवेरसम्म वडा नं. ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मर्मत गरिएको छ । केही ठाउँमा अझै काम अधुरा रहेकाले त्यसलाई पुरा गर्न आफु सक्रियताका साथ लागेको अध्यक्ष यादवले बताए ।
बाटोमा हिलैहिलो भएपछि सडकमा आवत जावत गर्न सर्वसाधारणलाई सममस्या हुँदै आएको थियो । त्यहाँका जनताले दवाव दिंदा सोमबार राति सडक मर्मत गरिएको नेपाली काँग्रेस रुपनी गाउँपालिकाका सचिव ज्ञानेन्द्र ईसरले बताए ।
उनले रातिको समयमा पनि गाउँपालिकाका अध्यक्ष आफै उपस्थित भई काम अगाडि बढाएको देखेर स्थानीयवासीले पनि खुसी व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । पालिकाले सडक बनाइ दिएपछि स्थानीय राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनताले अध्यक्ष यादवप्रति धन्यवाद समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ