News Category 2082/06/08
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
मधेशी महिलाको सशक्तिकरणमा चुनौती र समस्या थपिदै गएकोले महिला अगुवाहरु एकताबद्ध भई अघि बढ्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् ।
वडा दशैं, दिपावली र छठ पर्वको अवसर पारेर बुधबार तराई मधेश फाउन्डेशन नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा परिवर्तित परिस्थितिमा महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
फाउन्डेशनकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुनिता साहले जेनजी आन्दोलनले देशमा आमुल परिवर्तन ल्याएको भन्दै जेनजीले उठाएको भ्रष्टाचार बिरूद्वको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै जागरूप हुनुपर्नेमा जोड दिईन ।
उनले जेनजी आन्दोलनपछी बदलिएको राजनीतिक परिस्थितिमा महिलाहरुको सशक्तिकरणका लागि दलगत स्वार्थ भन्दा माथी उठेर सबै एकजुट भई अघि बढ्नु पर्ने आवश्यक औल्याए ।
उनले प्रधानमन्त्रीको केही दिन अघि मात्र काठमाडौंमा भएको सपथग्रहण समारोहमा देखिएको व्यवहारले चित्त दुखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई कुर्सीबाट उठेर सम्मान व्यक्त गरेकी प्रधानमन्त्री शुशिला कार्कीले उपराष्ट्रपति रामसहाय यादव आउदा भने कुर्सीमै बसेर रुखो व्यवहार देखाएको बताइन् ।
यस्तै मिटरब्याजीको नाममा मधेशका समग्र तेली समाजलाई नै अपमान हुने गरि प्रधानमन्त्री कार्कीले अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि पोखे ।
संस्थाकी सदस्य पूजा स्वर्णकारद्वारा स्वागत गरि सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्राध्यापक एवं मैथिल महिला परिषद्की सल्लाहकार बन्दना मिश्रा, मैथिल महिला परिषद्की सचिव रिता देव, नेपाल पत्रकार महासँघ पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महिला अधिकारकर्मी अनुराधा देवी साह, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष धिरेन्द्र दास, नेपाल प्रेस युनियन सप्तरी अध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादब लगायतले पनि बोल्दै मधेशमा महिला सशक्तिकरणको सवालमा सबै मिलेर आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ