News Category 2082/06/08
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घट्नामा सप्तरीको विभिन्न पालिका र सरकारी कार्यालयमा गरी ७५ करोड भन्दा बढीको क्षती भएको छ ।
गत भदौ २४ गतेको भएको आन्दोेलनका क्रममा जिल्लास्थित पालिका र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख २ हजार ८३ रुपैया बराबरको कुल क्षती भएको प्रहरी तथ्यांकले देखाएको हो ।
तोडफोड आगजनीबाट जिल्ला भरका सरकारी कार्यालयका १ सय १३ वटा चार पाँग्रे र १ सय ११ वटा मोटरसाईकल समेत पुर्णरुपमा नष्ट भएको सप्तरी प्रहरीले तयार पारेको क्षतीग्रस्त संरचनाको सँख्यात्मक लगत विवरणमा देखिएको छ ।
आन्दोलकारीले गरेको तोडफोड र आगजनीबाट सर्वाधिक क्षती राजविराज नगरपालिका कार्यालयलाई पुगेको छ । यस कार्यालयमा ३० करोड बराबरको क्षती भएको प्रहरीले खडा गरेको लगत विवरणले देखाएको छ ।
सप्तरी जिल्ला अदालत राजविराजमा ७ करोड ५५ लाख, उच्च अदालत जनकपुृर–राजविराज इजलाशमा ६ करोड ५० लाख, भौतिक पुर्वाधार विकास कार्यालयमा ४ करोड २५ लाख, संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा २ करोड ४३ लाख ७५ हजार, शहरी विकास कार्यालयमा २ करोड १५ लाख, उच्च सरकारी वकिल कार्यालयमा २ करोड ७ लाख ८ सय ४० तथा जिल्ला निर्वाचन कार्यालयमा १ करोड ४७ हजार ४ सय ९९ रुपैयाको क्षती भएको छ ।
यस्तै नापी कार्यालयमा १ करोड ४५ लाख ११ हजार, डिभिजन बन कार्यालयमा १ करोड ७१ लाख ८१ हजार ९ सय ४०, माटो तथा मल परिक्षण प्रयोगशाला कार्यालयमा १ करोड २१ लाख ४९ हजार ७ सय २३, बोदेबर्साइन नगरपालिका कार्यालयमा ९० लाख, करदाता सेवा कार्यालय राजविराजमा ७ लाख, यातायात व्यवस्था कार्यालयमा ७० लाख, जिल्ला सरकारी वकिल कार्यलयमा ६१ लाख २५ हजार, जिल्ला समन्वय समितीमा ५० लाख, खडक नगरपालिका कार्यालयमा ६८ लाख ८३ हजार ५ सय, सप्तरी कारागार कार्यालयमा ४० लाख र जिल्ला हुलाक कार्यालयमा ३८ लाख ३१ हजार २० रुपैया बराबरको सम्पती नष्ट भएको छ ।
यसैगरि राजविराज नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा ४० लाख, ट्राफिक कार्यालयमा १८ लाख, अग्नीसाईर कृष्णासबरण गाउँपािलका कार्यालयमा १७ लाख, राजविराज नगरपालिका वडा नं. ४ कार्यालयमा २८ लाख, महदेवा गाउँपालिका वडा नं. ४ कार्यालयमा २५ लाख, बोदेवर्साइन नगरपालिकाको वडा नं. ५ को कार्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. १ को कार्यालय, बोदेबर्साइन नगरपलिाकाको १० नम्बर वडा कार्यालय र कंचनरुप नगरपालिकाको कार्यालयमा १५÷१५ लाख बराबरको क्षती भएको मुल्याँकन गरिएको छ ।
बलानविहुल गाउँपालिकाको कार्यलयमा ११ लाख, इलाका प्रहरी कार्यालय बोदेबसाईनमा १२ लाख, जिल्ला समन्वय तथा सुचना प्रहरी युनिटमा १५ लाख, राजगढ गाउँपालिका कार्यालयमा १० लाख ५३ हजार, विष्णुपुर गाउँपालिका कार्यालयमा १० लाख, भुमि समस्या समाधान आयोग कार्यालयमा ९ लाख ९५ हजार १ सय, इलाका प्रशासन कार्यालय बोदेवसाईनमा १० लाख, सूरुंगा नगरपालिका कार्यालयमा ९ लाख र डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा ८ लाख बराबरको क्षती भएको छ ।
बोदेवसाईन नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा ५ लाख, तिरहुत गाउँपालिका कार्यालयमा ४ लाख, राजविराज नगरपालिका वडा नम्बर ८ को कार्यालयमा ३ लाख ७३ हजार तथा उच्च अदालत सुरक्षा गार्ड कार्यालयमा ३ लाख ५० हजार बराबरको क्षती भएको छ ।
शम्भुनाथ नगरापालिका कार्यालयमा ३ लाख ९५ हजार, अस्थायी ट्राफिक पोष्ट कदमहामा २ लाख ५० हजार, राजविराज नगरपालिका वडा नम्बर ३ को कार्यालयमा २ लाख ५० हजार बोदेबसाईन नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा २ लाख , तिलाठी कोइलाडी गाउँपािलिकाको कार्यालयमा १ लाख ४४ हजार, अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाको कार्यालयमा १ लाख ५० हजार र खडक नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा १ लाख १२ हजार मुल्य बराबरको सम्पती नष्ट भएको छ ।
यस्तै बलानविहुल गाउँपालिकाको कार्यालयमा १ लाख ५५ हजार, इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा ५० हजार र प्रहरी चौकी मौवाहामा ३५ हजार मुल्य बराबरको क्षती भएको प्रहरीले खडा गरेको क्षतीग्रस्त संरचनाको लगत विवरणले देखाएको छ ।
आगजनीले ध्वस्त भएको संरचना पुनःनिर्माण तथा विभिन्न साधन श्रोत जुटाई कतिपय कार्यालयले सेवा सुचारु गरिसकेका छन भने कतिपय कार्यालयले दशै पछि मात्र सहजरुपमा सेवा प्रदान गर्न सकिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ