News Category 2082/06/10
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित नभएको बताएका छन् ।
जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका काँग्रेसको राजविराजस्थित जिल्ला पार्टी कार्यालयको विहीवार निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो बताएका हुन ।
सो क्रममा उनले भत्किएको संरचना पुर्ननिर्माण सम्भव भएपनि गोली हानेर मारिएकाहरुको पुुर्नजीवन दिन सम्भव नहुने उल्लेख गर्दै जेनजीको आन्दोलनको भावनालाई समेट्दै जनताले पाएको अधिकारलाई संरक्षण गर्दैै अझै अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नु अहिलेको आवश्यत्ता रहेको बताए ।
संसद विघटनबाट संविधान घाईते भएको बताउदै महामन्त्री शर्माले फेरी पुर्ण स्वस्थ्य बनाउनु पर्ने आवश्यक्तामा जोड दिए । “राष्ट्रपतीले गरेको संसद विघटनले संविधान घाईते भएकोे छ, उनले भने–यसलाइ सच्याएर पुनः स्वस्थ बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो ।”
आवश्यक्ताको सिद्धान्त अनुसार राष्ट्रपतीले संविधान विघटन गरेको कुरा चर्चा हुने गरेको प्रसङ्ग कोट्याउँदै उनले संसद बैठक मार्फत पनि यो काम गर्ने अवस्था रहको जिकिर गरे ।
संसद पुर्नस्थापना वा ताजा जनादेशमा जाने अहिले दुई अवस्था रहेको बताउँदै महामन्त्री शर्माले काँग्रेसले पनि छिट्टै यसबारे निष्र्कषमा पुग्ने प्रयत्न गरिरहेको जानकारी दिए ।
प्रतिनिधीसभा भंग गरिएको भएपनि राष्ट्रपती, राष्ट्रिय सभा, ७ वटै प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तहहरु अस्तित्वमा रहिरहेको बताए ।
सो अवसरमा प्रतिनिधीसभा सदस्य दिनेशकुमार यादव, काँग्रेस सप्तरीका सभापती रामदेव साह, उपसभापती रामकुमार यादव, सचिव सनत मण्डल लगायत काँग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ