News Category 2082/06/12
एकल महिलाको सहारा बन्दै जुही

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको राजविराज नगरपालिका ८ की ३२ बर्षीया जुही ठाकुर अहिले समस्या र हिंसामा परेकाहरुलाई सहयोग र न्यायका लागि काम गर्न अग्रसर छिन् । त्यस्ता समस्यामा परेका महिलाहरुको न्याय र सशक्तिकरणका लागि काम गर्ने र अवाज उठाउन उनी लागिपरेकी हुन् ।
जिल्लाको १८ वटै पालिकामा रहेको झण्डै २१ हजार एकल महिलाले सजिलै चिनेको महिला हुन उनी । विगत चार बर्ष देखि एकल महिला तथा पुनस्र्थापना केन्द्र सप्तरी नामक सामाजिक संस्था खोलेर उनी साक्षरता, जागरुकता र सीप संगै सामग्री वितरण अभियान चलाएर एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयासमा जुटेकी छिन ।
यसका लागि उनले आफ्नो व्यक्तिगत लगानीका साथै सरकारी कार्यालय, र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट समेत सहयोग जुटाएर एकल महिलालाई सहयोग तथा अभियानलाई तिव्रता र निरन्तरता दिएकी छिन् ।
व्यापार प्रशासनमा स्नातक गरेकी ठाकुर एकल महिलको जीवन स्तरमा सुधार ल्याउन चलाएको अभियान अन्तर्गत अहिले सम्म जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, र तिरहुत गाउँपालिकामा एकल महिला समूह नै गठन गरी गतिविधि सञ्चालन गरेकी छिन् । अन्य पालिकाहरुमा समेत समूह गठन प्रकृया अन्तिम चरणमा पुर्याइएको उनी बताउँछिन । यसरी महिलाहरुको सशक्तिकरणको प्रयास गरिरहँदा कुनै–कुनै पालिकाको जनप्रतिनिधिले साथ नदिदा त कतै आफ्नो चरित्र माथि नै कसै कसैले अनर्गल प्रचारवाजी गरेर मनोवल तोडने प्रयासहरु समेत हुने गरेको भन्दै उनले यसका बाबजुद आफु आफ्नो मिशनमा दृढतापुर्वक अघि बढेको बताईन ।
उनको दृढता, उत्साह, यात्रा र एकल महिलालाई संगठित गरी सशक्तिकरण गर्ने प्रयासको उच्च कदर गर्दै सशस्त्र प्रहरी परिवार महिला संघले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी “समाज सेवा पुरस्कार २०८२” बाट सम्मान गरेको छ ।
कमाइ गर्ने श्रीमान वितेपछि तथा अन्य विभिन्न कारणले एक्लिएर कष्टकर जिवन विताइरहेकी एकल महिलाको जिवन सहज बनाउन यस्तो अभियान चलाएको उनको कथन छ ।
अभियान अन्तर्गत एकल महिलालाई जागरुक र साक्षर बनाउनुका साथै सामग्री सहित विभिन्न रोजगारी सिर्जनाका लागि सीपमुलक तालिम प्रदान गर्ने गरिएको छ । एकल निरक्षर महिलालाई साक्षर बनाउन उनले आफू र संस्थाकी सहकर्मी मार्फत निशुल्क पढाउने पनि गर्छिन । एनसिइ, एनसिआइपी, पिआइएन, सिएओ, एनजीओ फेडरेशन लगायत दर्जनौं सामाजिक संस्थामा पनि आवद्ध भई उनी बालविवाह न्युनिकरण, दाईजोप्रथा उन्नमुलन, क्षेत्रमा समेत सकृय छिन् ।
अरुको घाउमा मलहम लगाउने यात्रामा निस्केकी उनको आफ्नै पीडा भने कम छैन् । सुरुमा उनको नर्स बन्ने नभए समाजसेवामा सकृय हुने सपना थियो । तर घर परिवार र श्रीमान समेतको साथ नपाउँदा त्यो सपना अधुरै रहयो । “एकाततिर मागे जति दाइजो नल्याएको भन्दै शारिरिक र मानसिक यातना दिन थालियो, अर्कोतिर प्रतिवाद गर्न खोज्दा घर निकालामै परे उनले भनिन्–विगत डेढ दशक देखि घर परिवारबाट छुट्टै बस्न बाध्य भएकी छु ।”
आफूले जस्तै अरु महिलाले पनि यस्तो पीडा भोग्नु नपरोस भन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाई छ ।
एकलै भएपनि संस्था मार्फत सामाजिक गतिविधि अघि बढाउँदा यात्रामा सहयोगी हातहरु बढदै जाँदा उत्साह पनि बढ्दै गएको उनले सुनाईन् । विद्यार्थी जिवन, विवाहित जिवन र त्यसपछिको प्रतिकूल पारिवारिक माहौलमा पनि आफूलाई समाजसेवामा लाग्नबाट कसैले रोक्न र छेक्न नसकेको उनको कथन छ ।
नर्स बन्ने एउटा सपना अधुरै रहेपनि सामाजिक अभियन्ता बन्ने अर्को सपना भने पुरा भएकोमा गर्व महसुस हुनुका साथै निकै आत्मसन्तुष्टि मिल्ने गरेको उनी सुनाउँछिन् ।
पुर्व मन्त्रि नवलकिशोर साह, जसपा नेता सुमित साह, हनुमाननगर कंकालिनि नगरपालिकाका पुर्व नगरप्रमुख शैलेश साह तथा स्थानिय समाजसेवीले यस क्षेत्रमा लाग्न प्रेरित र प्रोत्साहन गरेको उनको भनाई छ ।
श्रीमान्को मृत्युपछि बेरोजगार भएका हामी जस्ता महिलालाई आर्थिक कठिनाईले सताएका बेला एकल महिला तथा पुनस्र्थापना केन्द्रले चलाएको अभियानले हौसला र बाँच्ने आधार सिर्जना गरिदिएको एकल महिला समुहमा आवद्ध भएकी महिलारुले बताएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ