News Category 2071/12/23
हिन्दी भाषालाई दोश्रो सरकारी कामकाजको भाषा बनाउन माग
दैनिक संवाददाता
राजविराज, २२ चैत ।
१४ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलन पाँच बुँदे घोषणापत्र जारि गर्दै आइतबार राजविराजमा सम्पन्न भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीद्वारा हस्ताक्षरित घोषणापत्रमा हिन्दी भाषा संविधानमा नेपाली भाषा सरह दोश्रो सरकारी कामकाजको भाषा बनाइनु पर्ने माग गरिएको छ ।
जारि घोषणापत्रमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर स्तरमा हिन्दीको पढाईको व्यवस्था राजधानी बाहिर जनकपुरसहित मधेशको अन्य प्रमुख स्थानमा हुनुपर्ने माग गरिएको छ ।
यसैगरि सरकारी संचार माध्यम रेडियो नेपाल तथा नेपाल टेलिभिजन आदिमा पनि दैनिक हिन्दी समाचार, विचार आदिको प्रसारण हुनुपर्ने माग गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान तथा साझा प्रकाशनबाट हिन्दीमा कृति प्रकाशनको व्यवस्था तथा हिन्दी साहित्यकारका कृतिको आधारमा पुरस्कृत गर्नुपर्ने तथा गोरखापत्रको “नयाँ नेपाल” पृष्ठमा यथाशीघ्र हिन्दीलाई स्थान दिनुपर्ने माग गरिएको छ ।
यसअघि आयोजित कार्यक्रममा डा. स्वेता दिप्तीले “गणतन्त्र नेपाल और हिन्दी” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथी विभिन्न वक्ताहरुले टीप्पणी समेत गर्नु भएको थियो ।
कार्यपत्रमाथी टिप्पणी गर्दै डा. अवध किशोर सिंहले हिन्दी भाषा विश्व भाषाको रुपमा अगाडी बढीरहेको बताउँदै यसलाई रोकेर पनि रोक्न नसकिने जिकिर गर्नुभयो । यस्तै सम्मेलन तयारी समितिका संयोजक खुशिलाल मण्डलले प्रस्तुत गर्नु भएको लेखमा टिप्पणी गर्दै डा. एम. गोबिन्द राजनले भारतमा तामिलहरुले हिन्दीको बिरोध गरेको स्मरण गर्दै अहिले उनीहरुले हिन्दीलाई माया गरिरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै आरडी आजादले हिन्दी भाषा मधेशको आत्मा हो भन्नुभयो । त्यसैगरि अर्को टिप्पणीकार दीपेन्द्र चौधरीले गजेन्द्र बाबुले हिन्दीको संघर्ष संसददेखी सडकसम्म गरेको स्मरण गराउनुभयो ।
यसैगरि महेन्द्रलाल कर्ण, रामस्वार्थ ठाकुर, पूवसांसद महेश यादव, पत्रकार हेमशंकर सिंहलगायतले हिन्दी भाषालाई अगाडी बढाउनका लागि अभियान, आन्दोलन तथा जनजागरण गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ