News Category 2082/06/19
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
यस बर्षकै पानीको उच्च बहाब भएपछि कोशी ब्यारेजको सबै ५६ वटा ढोका खोलिएको छ । कोशी ब्यारेजको इतिहासमा ५६ वटै ढोका खोलिएको यो छैठौं पटक हो ।
पछिल्लो पटक आईतबार विहान ९ बजे ४ लाख ३१ हजार ५ सय २५ क्युसेक प्रति सेकेन्ड पानीको बहाब भएपछि ५६ वटै ढोका खोलिएको हो ।
साँझ ५ बजेसम्म पानीको बहाब अझै बढेर ५ लाख ३३ हजार २ सय क्युसेक प्रति सेकेन्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी ब्यारेजको कुल भारबहन क्षमता ९ लाख क्युसेक प्रति सेकेन्डको रहेको छ । कोशीमा पानीको बहाब निरन्तर बढदै गएपछि प्रहरीले पुलमा ढाट लगाएर आवागम बन्द गरेको छ भने खतरा सम्बन्धी संकेत स्वरुप रातो झण्डा संगै रातो बत्ती बालिएको छ ।
सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले कोशी ब्यारेजमा बर्षाले निम्ताउन सक्ने जोखिमबारे जिल्ला प्रहरी प्रशासन हाइअलर्ट अवस्थामा रहेको भन्दै आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन माईकिंग मार्फत समेत सचेत गराइएको जानकारी दिए ।
उनले कोशी ब्यारेज पुलबाट मोटरसाईकल, साईकल तथा पैदल यात्रुलाई आवत जावत गर्न दिईएपनि ठूला सवारी साधनलाई पुर्ण बन्देज लगाइएको जानकारी समेत दिए ।
यसअघि सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक, २०८० साउन २९ गते ४ लाख ७३ हजार क्युसेक, २०८० भाद्र ८ गते ४ लाख ६३ क्युसेक तथा २०८१ असोज १२ गते ६ लाख ६१ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाब पुग्दा सबै ५६ वटा ढोका खोलिएको इतिहास छ ।
यता दुई दिनको अविरल वर्षाका कारण खाडो, जिता र त्रियुगा नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको २ सय भन्दा बढी तथा सप्तकोशी नगरपालिकाको ६० भन्दा बढी घर डुवानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।
डुवानमा परेका बस्तीका वासिन्दालाई सुरक्षित स्थानमा पु¥याइ आवश्यक राहतको व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ