News Category 2082/06/22
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
राजविराज नगरपालिका २ स्थित गुलाव ग्यारेज नजिकै दुई समुदाय बीच धार्मिक कार्यक्रमको विषयलाई लिएर मंगलबार विवाद उत्पन्न भएको छ ।
मंगलबार बिहान राजदेवी–पडरीया सडकको मुख्य चौक नजिकै खाली रहेको सार्वजनिक जग्गामा दिपावलीको अवसर पारेर लक्ष्मी पूजा मनाउने तयारी गर्ने क्रममा अर्को समुदायले अवरोध पु¥याउन खोजेपछि उक्त विवाद भएको हो ।
एक पक्षले सार्वजनिक जग्गा भएकाले धार्मिक कार्यक्रम गर्न अवरोध गर्नुको औचित्य नभएको भनि रहदा अर्को पक्षले उक्त स्थल आपूmहरुको रंन (दाहा मेला गर्ने स्थल) रहेको दाबी गर्दै आएका छन् ।
बिहान ११ बजे तिर वडा २ स्थित गुलाव ग्यारेज छेउमै रहेको उक्त जग्गामा लक्ष्मी पुजाको लागि एक समुदायले झण्डा गाडेपछि अर्को समुदायले अबरोधको प्रयास गरेका थिए । अवरोध गर्ने समुदायले मोहर्रमका बेला आपूmहरु सोही स्थानमा दाहा मेलाको आयोजना गर्दै आएकोले अर्कै ठाउँमा लक्ष्मी पूजा गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भएको थियो ।
यसरी दुई समुदायले आ–आफ्नो अडान कायम राख्दा झडप हुने स्थिती देखिएपछि ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले समान्य बलको प्रयोग समेत गरेको थियो ।
तीन महिना अघि पनि उक्त जग्गामा धार्मिक कार्यक्रम र संरचना निर्माणको विषयलाई लिएर दुई समुदाय बीच तनाव उत्पन्न भएको थियो । त्यति बेला सर्वदलिय बैठकबाट गरिएको निर्णयको पालना नहुदाँ अहिले आएर पुनः विवाद चर्किएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ