News Category 2082/06/22
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
एक वृद्ध ग्राहकलाई नाटकिय ढंगबाट लुटने दुई महिलासहित तीन जनाको खोजीमा प्रहरी सक्रिय भएका छन् ।
बैंकमा पैसा जम्मा गर्न आएका बृद्ध ग्राहकको झोलाबाट एक लाख रुपैयाँ लुटी फरार भएको दृश्य बैंकको सिसिटिभी क्यामरामा कैद र पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीले खोजीकार्य तिब्र पारेको हो ।
प्राप्त घट्ना विवरण अनुसार गत असोज १२ गते आइतबारका दिन राजविराजस्थित आइडियल सहकारी संस्थामा राजगढ गाउँपालिका निवासी ६५ बर्षीय मो. हकिम एकलाख रुपैयाँ जम्मा गर्न आएका थिए । रुपैयाँ जम्मा गर्ने क्रममा भौचर भर्दाभर्दै उनी लुटिएका थिए । काउन्टरमा भौचर भर्दै गर्दा पछाडी उभिएकी एक महिलाले बडो चलाखीपुर्ण तरिकाले उनको झोलाको चेन खेलेर पैसा झिकेकी थिईन् । त्यसपछि उनले त्यो रकम तत्कालै आफ्नो पछाडी उभिएकी एक नवालिकालाई दिएकी थिईन् ।
ती महिला र उनीसंगै आएकाहरुले गरिरहेको व्यवहार सिसिटिभीबाट प्रत्यक्ष देखिएको बैंकका प्रबन्धक गणेश कुमार आसले बताए । आफुले नै उक्त सिसिटिभी फुटेज उपलब्ध गराई दिएपछि पीडित व्यक्ति न्याय खोज्दै प्रहरुको शरणमा पुगेको उनले सुनाए । पीडित व्यक्ति मो.हकिमले अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई सिसिटिभी फुटेज सहित ती अपरचित महिला समूह विरुद्ध उजुरी दिएको सुनाए ।
जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक डम्बर पुरीले बैंकका साथै आसपासका सिसिटिभी फुटेजको पनि अध्ययन गरी अपराधी पत्ता लगाउने काम भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ