News Category 2082/06/22
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
एक वृद्ध ग्राहकलाई नाटकिय ढंगबाट लुटने दुई महिलासहित तीन जनाको खोजीमा प्रहरी सक्रिय भएका छन् ।
बैंकमा पैसा जम्मा गर्न आएका बृद्ध ग्राहकको झोलाबाट एक लाख रुपैयाँ लुटी फरार भएको दृश्य बैंकको सिसिटिभी क्यामरामा कैद र पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीले खोजीकार्य तिब्र पारेको हो ।
प्राप्त घट्ना विवरण अनुसार गत असोज १२ गते आइतबारका दिन राजविराजस्थित आइडियल सहकारी संस्थामा राजगढ गाउँपालिका निवासी ६५ बर्षीय मो. हकिम एकलाख रुपैयाँ जम्मा गर्न आएका थिए । रुपैयाँ जम्मा गर्ने क्रममा भौचर भर्दाभर्दै उनी लुटिएका थिए । काउन्टरमा भौचर भर्दै गर्दा पछाडी उभिएकी एक महिलाले बडो चलाखीपुर्ण तरिकाले उनको झोलाको चेन खेलेर पैसा झिकेकी थिईन् । त्यसपछि उनले त्यो रकम तत्कालै आफ्नो पछाडी उभिएकी एक नवालिकालाई दिएकी थिईन् ।
ती महिला र उनीसंगै आएकाहरुले गरिरहेको व्यवहार सिसिटिभीबाट प्रत्यक्ष देखिएको बैंकका प्रबन्धक गणेश कुमार आसले बताए । आफुले नै उक्त सिसिटिभी फुटेज उपलब्ध गराई दिएपछि पीडित व्यक्ति न्याय खोज्दै प्रहरुको शरणमा पुगेको उनले सुनाए । पीडित व्यक्ति मो.हकिमले अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई सिसिटिभी फुटेज सहित ती अपरचित महिला समूह विरुद्ध उजुरी दिएको सुनाए ।
जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक डम्बर पुरीले बैंकका साथै आसपासका सिसिटिभी फुटेजको पनि अध्ययन गरी अपराधी पत्ता लगाउने काम भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ