News Category 2071/12/23
बलात्कारमा सातै जना संलग्न ः पीडित बालिका
दैनिक संवाददाता
राजविराज, २२ चैत ।
गत चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्किन लाग्दा बलात्कारको शिकार भएकी बालिकाले आप्mनो बलात्कारमा सात जनाकै संलग्नता रहेको बताएकी छिन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउँदै ती बालिकाले एकजनाले आफूलाई लिएर गएको, तीन जनाले घटना गरेको, एक जनाले फोटो खिचेको र दुई जनाले कोठा बाहिर निगरानी गरेको बताएकी छिन् ।
सुनसरीको हात्तिमुढा निवासी दिपक यादवले मोटरसाइकलमा लिएर गएको, सप्तरीको नर्घो निवासी दिपेश यादवले फोटो खिचेको, राजविराज ३ का शम्भु साह, सप्तरीको मलेठ निवासी फुदिन मियाँ र राजविराज ५ निवासी नवीन दत्तले घटना गरेको तथा सप्तरीकै तेरहौता निवासी जितेन्द्र खंग र राजविराज ५ निवासी कमल साहले बाहिर निगरानी गरेको ती बालिकाले बताएकी छिन् ।
सोही पत्रकार सम्मेलनमा पीडित बालिका परिवारजनले प्रहरीले अहिले पनि जाहेरी लिन नमानेको आरोप समेत लगाएका छन् भने आफूहरुलाई ज्यू ज्यानको खतरा समेत रहेको दाबी गरेका छन् । यद्दपी उनीहरुलाई आफूहरुको शान्ति सुरक्षाको माग गर्दै जिलला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक उजुरी दिएको र हुलाक मार्फत लिखित उजुरी प्रशासन कार्यालय दिएको जानकारी दिएका छन् ।
एसएलसी परीक्षा सकिएको दिन चैत १३ गते १६ बर्षीया ती बालिकालाई ‘सेक्स भिडियो देखाउन’ भन्दै बोलाएर राजविराज ५ स्थित एउटा कोठामा लगी सामूहिक बलात्कार गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ