News Category 2082/06/22
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
जेनजी समूहका युवाहरुले बुधबार बिहान राजविराज विमानस्थलको भिआईपी कक्षको निरिक्षण गरेका छन् ।
जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए । सोको पालना भए नभएको भनि हेर्न आएका थिए ।
जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए । सो क्रममा सामान्य भनाभन समेत भएको थियो ।
त्यसपछि जेनजीका अगुवाहरु मध्येका एक मोहन यादवको अगुवाइमा ५÷६ जना युवालाई भित्र प्रवेश गर्न दिइएको थियो । उनीहरु भिआइपी कक्ष बन्द रहेको आफ्नै आँखाले देखेपछि आश्वस्त भई फर्केका थिए ।
कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विमानस्थल कार्यालयलाई दुई घण्टा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको नेपाल नागरिक उड्ययन प्राधिकरण कार्यालय राजविराजका प्रमुख ज्योति प्रकाश साहले बताए ।
विमानस्थल सुरक्षाका लागि आफै खटेका बरखगणका गणपती सोवित बहादुर चन्दले सम्भावित क्षतिबाट विमानस्थललाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मुलुकको संरचना जोगाउने काम आफूहरुको मात्र नभई जेनजीका युवा भाइहरुको पनि रहेको भन्दै आफ्नो कुरा र गतिविधि संयमित भएर गर्न सचेत गराएका थिए ।
कार्यालय प्रमुख साहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात नै विमानस्थलमा रहेको भिआइपी कक्ष बन्द गरिएको गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ