News Category 2082/06/26
दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरणका लागी सिफारिश प्रणाली सम्बन्धि निर्देशिका २०८२ सप्तरीको दुई पालिकाले पारित गरेको छ ।
आईतवार राजविराज नगरपालिका र महादेवा गाउँपालिकाले उक्त निर्देशिका सर्वसम्मतले पारित गरेको हो । तीन दिन लगातारको बैठक र छलफल पश्चात् उक्त निर्देशिका पारिता भएको जनाइएको छ ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग र राजविराज नगरपालिका तथा महादेवा गाउँपालिकाको आयोजनामा आ–आप्mनै पालिका कार्यालयमा आयोजित सरोकारवाला सहितको बैठकले उक्त निर्देशिका पारित गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागी स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रम ३ दिन सम्म चलेको र आईतवार दुबै पालिका बैठकबाट स्वीकृत भई लागु समेत भएको विदेह फाउडेशनका सप्तरी जिल्ला संयोजक रुवी मिश्राले जानकारी दिईन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरण र सम्बोधनका लागी सिफारिश सम्बन्धि निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरे संगै लागु भएको भन्दै अब प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताईन ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलले पालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित व्यक्तीलाई तत्काल न्याय दिलाउन पारित निर्देशिकाले ठुलो सहयोग पु¥याउने बताइन ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व सांसद रञ्जु ठाकुरले स्थानीय स्तरमा हुने पीडित पक्षलाई छिटो, छरितो र सहज न्याय दिलाउन निर्देशिकाले बल प्रदान गर्ने बताइन ।
उक्त कार्यक्रम असोज २७ र २८ गते क्रमशः तिलाठी र छिन्नमस्ता गाउँपालिकामा संचालन हुने कार्यक्रम समन्वयकर्ता विदेह फाण्डेशनले जनाएको छ । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित ब्यक्तीहरुलाई सेवा प्रदायकबाट अन्य समबन्धित सेवा प्रदायकमा पठाई समय मै उचित र प्रभावकारी सेवा प्रदान गर्न सिफारिस प्रणाली सम्बन्धि निर्देशिका तयार पारिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ