News Category 2071/12/24
वैद्य चाँदीलाई अवैद्य भन्दै प्रहरीले राजश्व कार्यालयमा बुझायो ः सुन चाँदी व्यवसायी संघ
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित एक घरबाट प्रहरीले २३ किलो चाँदी नियन्त्रणमा लिई राजश्व कार्यालय इटहरीमा बुझाएकोप्रति सुन चाँदी व्यवसायी संघ सप्तरीले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजकुमार साहले प्रहरीले नियन्त्रणमा लिएको २३ किलो चाँदीको पान बिल देखाउँदा समेत प्रहरीले मनपरी ढंगले वैद्य चाँदीलाई अवैध भन्दै अनुसन्धानका लागि इटहरी बुझाएको आरोप लगाउनुभयो ।
सोही क्रममा प्रहरीले चाँदीसहित स्कारपियो गाडी र तीनजनालाई पक्राउ समेत गरेको छ । यसरी पक्राउ पर्नेहरुमा जनकपुर ५ निवासी राजकुमार साह, कंचनरुप नपा ५ का राजकुमार स्वर्णकार र जनकपुर ४ निवासी गाडीका चालक बलराम मण्डललाई समेत पक्राउ गरेको जानकारी दिनुभयो ।
उहाँले शनिबार नेशनल टे«डिङ कन्सर्न बिराटनगर १२ बाट २३ किलो चाँदीको पाउजु मध्ये २ किलो ३ सय ८१ ग्राम कृष्णा ज्वेलर्स कंचनपुरको नाममा र २० किलो ९ सय ६८ ग्राम राज ज्वेलर्स जनकपुरको नाममा पान बिल रहेको बताउनुभयो ।
यस्तै सोही पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष नारायण रन्जनले प्रहरीको बढ्दो ज्यादतीको बिरुद्ध अब सुन चाँदी व्यवसायी संघ आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो । उहाँले जिल्लामा व्यवसायी गर्ने वातावरण नै नभएको बताउँदै यस्तै प्रहरीको दमन र शोषण भयो भने व्यापार चौपट हुने निश्चित हुने गुनासो गर्नुभयो ।
प्रहरीले वैद्य सामानलाई पनि अवैद्य भएको भन्दै बारम्बार दुःख दिने काम गरेको प्रति भत्सर्ना गर्दै उहाँले प्रहरीले वैद्य सामानलाई अवैद भन्दै राजश्व कार्यालयमा बुझाएर कमिशन लिने खेलमा परेको आरोप समेत लगाउनुयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ