News Category 2071/12/24
वैद्य चाँदीलाई अवैद्य भन्दै प्रहरीले राजश्व कार्यालयमा बुझायो ः सुन चाँदी व्यवसायी संघ
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित एक घरबाट प्रहरीले २३ किलो चाँदी नियन्त्रणमा लिई राजश्व कार्यालय इटहरीमा बुझाएकोप्रति सुन चाँदी व्यवसायी संघ सप्तरीले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजकुमार साहले प्रहरीले नियन्त्रणमा लिएको २३ किलो चाँदीको पान बिल देखाउँदा समेत प्रहरीले मनपरी ढंगले वैद्य चाँदीलाई अवैध भन्दै अनुसन्धानका लागि इटहरी बुझाएको आरोप लगाउनुभयो ।
सोही क्रममा प्रहरीले चाँदीसहित स्कारपियो गाडी र तीनजनालाई पक्राउ समेत गरेको छ । यसरी पक्राउ पर्नेहरुमा जनकपुर ५ निवासी राजकुमार साह, कंचनरुप नपा ५ का राजकुमार स्वर्णकार र जनकपुर ४ निवासी गाडीका चालक बलराम मण्डललाई समेत पक्राउ गरेको जानकारी दिनुभयो ।
उहाँले शनिबार नेशनल टे«डिङ कन्सर्न बिराटनगर १२ बाट २३ किलो चाँदीको पाउजु मध्ये २ किलो ३ सय ८१ ग्राम कृष्णा ज्वेलर्स कंचनपुरको नाममा र २० किलो ९ सय ६८ ग्राम राज ज्वेलर्स जनकपुरको नाममा पान बिल रहेको बताउनुभयो ।
यस्तै सोही पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष नारायण रन्जनले प्रहरीको बढ्दो ज्यादतीको बिरुद्ध अब सुन चाँदी व्यवसायी संघ आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो । उहाँले जिल्लामा व्यवसायी गर्ने वातावरण नै नभएको बताउँदै यस्तै प्रहरीको दमन र शोषण भयो भने व्यापार चौपट हुने निश्चित हुने गुनासो गर्नुभयो ।
प्रहरीले वैद्य सामानलाई पनि अवैद्य भएको भन्दै बारम्बार दुःख दिने काम गरेको प्रति भत्सर्ना गर्दै उहाँले प्रहरीले वैद्य सामानलाई अवैद भन्दै राजश्व कार्यालयमा बुझाएर कमिशन लिने खेलमा परेको आरोप समेत लगाउनुयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ