News Category 2082/06/27
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरी प्रहरीले चोरीका चार मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का शिवनन्दन यादव, वडा नं. ११ अजयकुमार यादव तथा सोही पालिकाको वडा नं. १५ का अनिलकुमार यादव, राजनारायण यादव, सचिन यादव र गजेन्द्र यादव छन् । यस्तै उदयपुरको बेलका नगरपालिका ९ का गणेश बहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् ।
अघिल्लो दिन साँझ पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपिएपछी सोमबार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
प्रहरी नायब उपरिक्षक गौतमकुमार केसीले उनीहरुको साथबाट चोरीमा प्रयोग गरिने उपकरण तथा चोरीका चार वटा मोटरसाइकल बरामद भएको छ । बरामद मोटरसाइकल आवश्यक प्रक्रिया पश्चात् सम्बन्धित मोटरसाइकल धनीलाई बुझाउने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
जिल्लाको विभिन्न स्थानबाट पाँच वटा मोटरसाइकल चोरी भएको उजुरीको आधारमा खोजतलास कार्यलाई व्यापक बनाइएपछी चार वटा मोटरसाइकल बरामद गर्न सफल भएको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ