News Category 2082/06/28
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित विरेन्द्र फुड्स एण्ड बे्रभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसंग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुईलाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जितेन्द्र पासवानको नेतृत्वमा उद्योगमा पुगेको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा पानीको बोतलमा लेदो र बाह्य बस्तु फेला पारेपछि दुईलाख जरिवाना गरेको हो । उक्त बोतलहरु टोलीले तत्कालै नष्ट गरेका थिए । टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीले उक्त उद्योगलाई दुईलाख रुपैयाँ जरिवानाका साथै मेशिनहरुको मरमत र पानी उत्पादन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको प्रयोगशालाबाट परीक्षण गराई शुद्धताको प्रमाणित पत्र पेश नगरे सम्म विक्रिी वितरणमा समेत रोक लगाइएको जानकारी दिए ।
शुद्ध पिउने पानी भनेर उक्त उद्योगबाट बजारमा पठाइएको मध्ये करिब तीनसय बोतलमा बाह्य बस्तु फेला परेको उपभोक्ताहरुको गुनासो आएपछि उद्योगमै टोली पुगेर अनुगमन गरेको टोलीमा सहभागी उद्योग बाण्ज्यि संघ सप्तरीका महासचिव अमृत संचेतीले बताए । उपभोक्ताको स्वास्थ्यमा असर पर्ने दुषित पानी बजारमा पठाएर लापरवाही समेत गरेकाले यस्तो कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा प्रकाश देवकोटाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ