News Category 2082/06/30

थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ

दैनिक समाचारदाता

थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 

    लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) मुद्दामा अनुसन्धानको क्रममा प्रहरी बृत थानकोट काठमाडौंको प्रहरी हिरासत कक्षबाट फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा हिरासत कक्षबाट फरार भएका सिरहाको बिष्णुपुर गाउँपालिका वडा न. ३ बस्ने बर्ष २१ वर्षिय अमन यादवलाई प्रहरीले पक्राउ गरेको हो । 
    प्रहरीले असोज २८ गते सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ बिरेन्द्र बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रहरी बृत थानकोट काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर पुरीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट