News Category 2082/06/30
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
प्रहरी जवानदेखी प्रहरीका उच्च अधिकारी सम्मलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा एक युटुवरलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन ।
आफुलाई स्टार अनलाइन न्युज च्यानलको पत्रकार हुँ भन्दै प्रहरीलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
असोज २७ गते साँझ राजविराज ५ बाट पक्राउ परेका महतोलाई असोज २८ गते मंगलवार प्रहरीले अभद्रं ब्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका मानवले कन्ट्रोल कक्षमा ड्युटीमा रहेका प्रहरी जवान आर्दश कुशवाहालाई ९८५२८३३४०८ नम्बरको मोवाईलबाट फोन गरी थर्काएको, अपशब्द प्रयोग गरेको र उनैबाट आफ्नो मोबाईल नम्बर लिई आफुलाई समेत फोन मार्फत त्यस्तै व्यवहार देखाएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।
पक्राउ परेका मानवमाथी यस अघि २०७४ साल असोज २२ मा केही सार्वजनिक अपराध, २०८० कार्तिक २१ मा साईबर ब्यूरोमा विद्युतीय कारोबार, २०८० माघ १२ गते विद्युतीय कारोबार, २०८१ जेठ २८ मा ज्यान, अपहरण तथा शरीर बन्धक र २०८१ पुष २० मा अभद्र ब्यवहार सम्बन्धि कसुरमा पक्राउ गरी कारवाही भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ