News Category 2082/07/01
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
वर्तमान परिस्थितिमा सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको र जोखिम पनि बढ्दै गएकोले पत्रकारहरू आफ्नो सुरक्षामा ध्यान दिनु पर्ने वक्ताहरुले सुझाएका छन् ।
पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाएर व्यावसायिक ढंगले अगाडि बढाउन पत्रकार स्वयं इमान्दार र अनुशासित हुनु पर्ने जोड समेत दिइएको छ ।
हालको अवस्थामा पत्रकारिता पेशा अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वक्ताहरुले युट्युबरहरूको गैरजिम्मेवार गतिविधिका कारण पत्रकारिता क्षेत्र बदनाम भइरहेकोले त्यस्ता युट्युबरहरूलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको वक्ताहरुले जिकिर गरे ।
कार्यक्रममा वक्ताहरूले पत्रकारितामा देखिएका विकृति–विसंगति अन्त्य गर्न तथा सञ्चार क्षेत्रको मर्यादा कायम राख्न सबै सञ्चारकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका उपाध्यक्ष अम्विका दाहाल, शाखाका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैजनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्र प्रसाद साह, प्रेस काउन्सिलका पूर्व सदस्यद्वय अनिलकुमार अनल, देवराम यादव, शाखाका उपाध्यक्ष सुधा देव, सल्लाहकार बैधनाथ यादव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, राष्ट्रिय परिषद् सदस्य सतिश दत्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य शाखा उपाध्यक्ष रामनारायण विश्वसले गरेका थिए भने सञ्चालन सहसचिव डम्बर राईले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ