News Category 2082/07/04
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी ३७ वर्षीय इन्द्र मुखियाले हनुमाननगर कंकालिनी नगरपालिका १४ मा संचालन गर्दै आएका किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
सोमबार राति मुखियाको पसलमा पेट्रोल हालेर कुपी बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलेका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
आगलागीबाट करिब २२ हजार रुपैयाँको फ्रिज, ६ हजारको साइकल, ५० हजार बराबरको टिनको छानो, ३० हजार नगद, एक लाख ५० हजारको फर्निचर, ७० हजारको किराना तथा रक्सीका सामान र ५० हजार बराबरको लत्ताकपडा गरी उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि राति करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दिपावली कै साँझ कोईलाडीको कोशी बाँधस्थित गुलट मुखियाको चिया नास्ता र किराना पसलमा सर्ट सर्किट भएर आगलागी भएको छ । आगलागीबाट करिब १० हजार मुल्य बराबरको क्षति भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ