News Category 2082/07/06
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
दशैं, तिहार र छठ पर्वको अवसर पारेर सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जनचेतना रनिङ शिल्ड फुटवल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको छ ।
विगत चार दशक भन्दा बढी समयदेखी निरन्तर संचालन हुँदै आएको प्रतियोगिताको ४४ औं संस्करण यस पटक कात्तिक ८ देखी सुरु हुँदैछ ।
प्रतियोगिताका आयोजक महुली ११ स्पोर्टस क्लब घोगिदाहा भवानीपुरले बुधबार प्रतियोगिता स्थलमै पत्रकार सम्मेलनको आयोजन गर्दै कात्तिक १६ सम्म चल्ने प्रतियोगितामा यस पल्ट कुल ८ टिमले सहभागिता जनाएको जानकारी दिएको छ ।
आयोजक समितिका संयोजक दिलिप कुमार चौधरीका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का फुटवल क्लब सुनसरी, गोलबजार स्पोर्टस क्लब सिरहा, बिवाइसी वर्दीवास महोत्तरी, बिराटनगर स्पोटर्स एकेडेमी मोरङ र सप्तरीका प्रोगेसिभ यूवा क्लब ओद्रहा तथा आयोजक महुली ११ गरि कुल ८ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका सल्लाहकार शम्भुप्रसाद चौधरीका अनुसार प्रतियोगितामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय जनचेतना माविको खेलमैदानमा हुने प्रतियोगिताका बिजेता टिमले ५५ हजार नगद र शिल्ड तथा उपविजेता टिमले ३५ हजार नगद र ट्रफि पाउने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ठ खेलाडीले समेत पुरस्कार पाउने छन् ।
२०३८ सालमा प्रतियोगिताको थालनी भएको थियो । उतिबेला स्थानीय स्तरमा मात्रै सीमित रहेको प्रतियोगितामा केही वर्षपछी जिल्ला बाहिरका चर्चित टिमहरुलाई पनि समावेश गर्न थालिएको सल्लाहकार चौधरीको भनाई छ ।
प्रतियोगिताका सम्पूर्ण खेलको गोल नेपाल डट कमबाट प्रत्यक्ष प्रशारण हुने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अर्का सल्लाहकार महेश प्रसाद चौधरी, हरिप्रसाद चौधरी, कोषाध्यक्ष संगिताकुमारी सिंह, सहसचिव महेश प्रसाद विश्वकर्मा लगायतले पनि प्रतियोगिताको तयारी बारे जानकारी दिएका थिए । प्रतियोगिता अन्तरगत उद्घाट खेल त्रियुगा नगरपालिका उदपयुर र अल्टोकी क्लब रौतहटबीच हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ