News Category 2082/07/07
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक बर्ष आयोजना गर्ने भगवान चित्रगुप्तको पूजा पश्चातको भगवान हाथको पूजित कलम यस वर्ष १ लाख ५ सय ५५ रुपैयामा बिक्री गरिएको छ ।
राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेका हुन् । मनोज राजविराजका व्यावसायी हुन । कलमको उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्णले ९५ हजार ५ रुपैयाको बोली लगाएका थिए ।
समितिले प्रत्येक बर्ष यम पञ्चकको तेश्रो दिन भातृद्वितियाको दिनमा यमराजको मुख्य काम गर्ने भगवान चित्रगुप्तको पूजा विगत ४० बर्ष देखि आयोजना गर्दै आएको छ ।
पूजाको अवसरमा आयोजन गरिएको कार्यक्रममा चित्रांश समाजका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो । विद्यालय स्तरमा दिइने छात्रवृति यस पटक राहुल लाल, अनिकेत दास, कृतिका कर्ण, अमन मल्लिक, दीपिका कर्णलाई दिइएको छ भने उच्च अध्ययनतर्फ भूमिका कर्ण, ज्योति कर्ण, स्नेहा दत्त, आयुष कर्ण, रूपा कर्ण र नन्दिनी दत्तलाई दिइएको छ ।
समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित समारोहमा भगवानको मन्दिरमा भक्तहरुलाई स्वच्छ खानेपानीको उपलब्धताको लागि करिब २ लाखको लागतमा निर्माण गरिएको खानेपानी ट्यांकको हस्तानान्तरण गरिएको छ । राजविराज ८ निवासी स्व. रामचन्द्र लाभको स्मृतिमा उनकी पत्नी सुनिता लाभले उक्त ट्यांक निर्माण गराएकी हुन् ।
समितिका महासचिव रणधिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा राजविराज २ बस्ने ध्रुव कुमार स्वर्णकारले भगवानको लागि एउटा चाँदीको मुकुट प्रदान गरे ।
महासचिव कर्णका अनुसार भगवान चित्रगुप्त पूजाको विसर्जन शुक्रवार विहान १० बजे गरिने र बिहानै चित्रांश बालवालिकाहरुलाई सम्मिलित गराएर हाजिर जवाफ कार्यक्रम संचालन गरिने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ