News Category 2082/07/09
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सबल नेपालले २० औं साधारणसभा सम्पन्न गरेको छ । बि.स. २०६२ साल कात्तिक ७ गते स्थापना भएको सबल नेपालले राजविराजमा २१ औ स्थापना दिवससंगै २० औं साधारणसभाको आयोजना गरेको हो ।
कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन । प्रस्तुत प्रतिवेदनमा खानेपानी सरसफाई, समानताका लागि क्रिकेट, बिपद ब्यबस्थापन कार्यक्रम, सभव्य समाज निर्माण, सुचना तथा संचारको बिकास जस्ता परियोजनाहरू संचालनमा रहेको उल्लेख छ ।
“जकर घरमे चर्पी नहि तकर घरमे शादी नहि” भन्ने मुल नाराका साथ चर्पी निर्माण तथा सरसफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थाले समुदायको स्तरोन्तीको लागि स्वच्छता एवं सरसफाई सँगै पोषण, शिक्षा, स्वास्थ्य, महिला क्रिकेटको बिकास लगायतका क्षेत्रमा संस्थाले कार्य गर्दै आएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्य तथा सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित स्थापना दिवसमा तिलाठी कोईलाडी गाउपालिका बिपत ब्यबस्थापन अधिकृत राजेश झा, संस्थाका निर्देशक दिपक कुमार झा, सबल नेपालका सदस्य तारा कटुवाल, पत्रकार चन्दनकुमार यादब, सिनियर म्यानेजर अशोक साह, परमेश्वर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका कोषाध्यक्ष आयुुष श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ