News Category 2082/07/09
संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी निर्वाचनकै पक्षमा रहेपनि संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने सुझाव दिएका छन् ।
प्रेस जनमत संघले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले यस्तो सुझाव दिएका हुन् ।
संविधान संशोधन नगरी निर्वाचनमा जाँदा अहिलेको आन्दोलनले देशमा परिवर्तन नभई मात्र २०८४ मा हुने निर्वाचनको मिति त्यसअघि नै सारेको जस्तो हुने बताए ।
गत भदौं २३ र २४ गते भ्रष्टाचार र सुशासन बिरुद्ध जेनजीले गरेको आन्दोलनका कारण मुलुकमा मात्र सत्ता परिवर्तन भएको उल्लेख गर्दै उनले भने, “अहिलेको निर्वाचन पुरानै ढाँचाको रहेको छ, २०८४ मा हुने निर्वाचनको मिति मात्र फरक भएको हो ।”
जेनजीले उठाएको माग पनि सम्बोधन गर्न संविधान संशोधनमा जोड दिदै डा. राउतले संविधान संशोधन भए मात्र जेनजी पुस्तासहित आदिवासी जनजाती, मुस्लिम, पिछडा वर्ग, मधेशी लगायत सिमान्कृत वर्ग सबैको अधिकार समेत सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
पछिल्लो पटकको आन्दोलनपछि अहिले जेनजी पुस्ता आफै आधा दर्जन समूहमा तथा राजनीतिक पार्टी पनि विभाजित अवस्थमा पुगेको उल्लेख गर्दै उनले यस्तै अवस्थामा निर्वाचन भए देशको दुई वटा पार्टी मिली चुनाव लडे फेरी सत्ता उनीहरुकै हातमा पुग्ने आशंका व्यक्त गरे ।
विगतमा मलुकमा विभिन्न सरकार बिदेशिकै इसारमा ढल्ने र बन्ने गरेको आरोप समेत लगाउँदै डा. राउतले आफ्नो पार्टी पनि सोही इसारामा विभाजन भएको इंगित गरे । वर्तमान संविधानमा व्यापक त्रृटी रहेको दाबी गर्दै डा. राउतले यसलाई संशोधन गर्नुपर्नेमा जोड समेत दिए ।
गत चुनावमा जनमत पार्टीले १० लाख युवालाई रोजगार दिने एजेन्डाप्रति संचारकर्मीहरुले सोधेको जवाफमा उनले भने, “यो एजेन्डा पुरा गर्न जनमत पार्टी लागिपरेको छ, यसमा केही समय लाग्न सक्छ तर, जनतासँग गरिएको वाचा पुरा गर्न आगामी निर्वाचनमा पनि यही एजेन्डा लिएर हामी अगाडी बढ्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ