News Category 2082/07/11
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई ह्वाट्सएपमार्फत फोन गरी मोटो रकम उसुल गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
ह्वाट्सएपबाट फोन गरी धम्की दिएर विभिन्न बैंक खाता मार्फत मोटो रकम ठग्ने विराटनगर महानगरपालिका वडा नं. १६ घर भएका २७ वर्षीय अभिनन्द कुमार यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
पक्राउ परेका यादवले दुई बर्षअघि ह्वाट्सएप मार्फत फोन गरेर ‘तपाईको छोरा मेरो कब्जामा छ’ भन्दै डर त्रास देखाई छोरा जस्तै व्यक्तिलाई कुटपिट गरेको भिडियो र आवाज पठाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर विभिन्न व्यक्तिबाट कुल १४ लाख ४० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
बि.स. २०८० फागुन ६ गते मन्जु देवी सारदाबाट १२ लाख ८० हजार रुपैयाँ, फागुन ८ गते मुकेश कुमार सिंहबाट एक लाख र राज कुमारी देवीबाट ६० हजार रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको उनले बताए ।
मन्जुलाई ह्वाट्सएपमा फोन गरेर ’तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनु’ भन्दै डर त्रास देखाई छोराजस्तै व्यक्तिलाई कुटपिट गरेको भिडियो र आवाज पठाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगेको थियो ।
यस्तै राजकुमारीलाई सोही माध्यबाट फोन गरी ‘तपाईको छोरा मलेसियामा करणी मुद्दामा फसेको छ’ भन्दै पाँच लाख रुपैयाँ मागी, ग्लोबल आईएमई बैंकको खातामा ६० हजार रुपैयाँ ठगी गरेर यादव फरार रहँदे आएका थिए ।
त्यस्तै सोही दिन मुकेश कुमार सिंहका बुवालाई फोन गरी ’तेरो छोराले सानो बच्चालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा तिम्रो छोरालाई हामीले पकाउ गरेका छौ, तिमीले आफ्नो छोराको रिहाई चाहान्छौ भने कोहि कसैलाई कुनै कुराको जानकारी नगराउनु अरुले थाहा पाए तेरो छोरालाई काटी मारी फालि दिन्छु’ भन्दै डर, त्रास र धम्की दिएर मोटो रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ