News Category 2082/07/12
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सप्तरीको पातो–कठौना सडकखण्ड निर्माणको माग गर्दै बुधबार स्थानीय यूवाहरुले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । यूवाहरुले सडकमै टायर बालेर बिहानैदेखी प्रदर्शनमा उत्रेपछी सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विसं २०७५ जेठ ४ गते कान्छाराम–बामती—देव एण्ड सायरसँग वि.सं. २०७७ मंसिर १७ गते सम्म सडक निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । उक्त सडक निर्माण कार्यका लागि कान्छाराम–बामती—देव एण्ड सायर ठेक्का पाएपनि सडक निर्माण भने बामती भण्डार निर्माण सेवाले गरिरहेको छ ।
कुल ७० करोड ४४ लाख ६१ हजार ४३ भ्याटसहित रकममा १८ किलोमिटर लम्बाई र ११ मिटर चौडाइ सडक निर्माणको सम्झौता भएको झण्डै ८ वर्ष बितिसक्दा पनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।
यस अवधीमा सो सडकखण्डको मात्र ३९ प्रतिशत कार्य सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिएका छन् ।
बि.स. २०८२ साल असार ६ गते चौथो पटक म्याद थप हुँदा समेत अझै सडक निर्माण कार्यले गति लिन नसकेपछी २०८२ साल असोज ३१ गते आयोजनाले ठेक्का पाएका कम्पनीलाई “ठेक्का अन्त्य कीन नगर्ने” सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको थियो । चौथो पटकको म्याद २०८२ माघ १ गते सम्मका लागि थपिएको छ ।
यता सडक निर्माण हुन नसक्दा वर्षामा हिल्लामै र सुख्खामा धुलामै हुने गरेको छ । सडक समयमै कालोपत्र नभएकाले गाडीले उडाएको धुलोले दिउँसै अध्यारो हुने गरेको छ । यस सडकबाट दैनिक रुपमा एक दर्जन भन्दा बढी सवारीसाधानहरु आवतजावत गर्नेगर्छन् ।
डाक्नेश्वरी नगरपालिका १ अमरलति चौकका श्रवणकुमार यादवले भने, “स्थानीयमा धुलोबाट श्वाशप्रशस्वासको रोग देखिन थालेको छ, जसकारण हामी सडक निर्माणको माग राख्दै आन्दोलित भएका छौं ।”
सो सडक हुलाकी सहायक खण्डको रुपमा पूर्व–पश्चिम राजमार्गको कठौना बजारदेखि दक्षिण भारतीय सीमासम्म बन्ने भएको छ । यसमा कठौनादेखि मुख्य केन्द्र विन्दुको रुपमा रहेको पातो बजारसम्म ग्रावेलको काम पूरा गरेर निर्माण कम्पनीले सडकको काम अलपत्र छाडेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ