News Category 2082/07/13
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ मा प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका १ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आफुलाई आएपछि प्रहरीलाई खवर गरेको वडा अध्यक्ष जिवछ साहले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुबाट प्रहरीमाथि नै हातपात र गिट्टी र ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।
घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका हुन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ