News Category 2082/07/13
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सासु ससुराले छोरा बुहारीले आफूहरुमाथी गाली गलौज र कुटपीट गर्दै घर निकाला गरेको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछी मधेश प्रदेशसभा सदस्य किरण कुमारी साहले सो कुरामा कुनै सत्यता नरहेको भन्दै प्रतिवाद गरेका छन् ।
विहीवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मधेश प्रदेशकी सांसद समेत रहेकी किरण कुमारी साह र उनका श्रीमान बिनोद कुमार साहले सासु÷ससुराले घर निकाला र कुटपीट गरेको भनी लगाएको आरोपको प्रतिबाद गरेका हुन ।
केही दिन यता समाजिक संजाल तथा विभिन्न सञ्चार माध्यममा सासु शान्ति देवी र ससुरा देवनारायण साहलाई छोरा विनोद र बुहारी किरणले दुब्र्यवहार गरी घर निकाला गरेको भन्दै भ्रमपुर्ण समाचार प्रकाशन र प्रसारण भईरहेको तर्फ हाम्रो गम्भिर ध्यानार्षण भएको छ, प्रदेश सांसद साहले भनिन्– “केही ब्यक्तीको सिमित स्वार्थका लागी पैmलाइएको यस्ता भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्रीप्रति विश्वास नगर्न सबैमा आग्रह गर्दछु ।”
आफ्नो नन्द माधुरी विपक्षी राजनीतिक दलको समर्थक रहेको र सोही दलका स्थानीय नेता÷कार्यकर्ताको उक्साहटमा परी सासु÷ससुरा मार्फत आफुहरुको राजनीतिक र सामाजिक जीवन धुमिल पार्ने षडयन्त्र भएको उनले दाबी गरिन ।
आफु प्रदेश सांसदसंगै कानुन व्यवसायी समेत रहेको भन्दै उनले हिंसामा परेकी सयौैं महिलालाई निःशुल्क रुपमा वहस पैरवी गरी काुननी उपचार र न्याय दिलाउन सफल भएको बेला अहिले आफै न्याय खोज्नु पर्ने अवस्थामा पुगेको बताइन ।
उनका श्रीमान विनोद इन्जिनियर हुन । श्रीमान संगै पत्रकार सम्मेलनमा आएकी उनले हामी पढेलेखेका एउटा जिम्मेवार दम्पतीबाट उच्च श्रद्धाका पात्र आमा÷बुआ÷सासु÷ससुरा प्रति कहिल्यै त्यस्तो दुब्र्यवहार, घर निकाला जस्तो निच कार्य नभएको र भविष्यमा समेत यस्ता कार्य न हुने दाबी गरिन ।
उनले सपरिवार वस्दै आएको राजविराज ७ स्थित पुख्र्यौली घर व्यवस्थित गर्ने सवालमा श्रीमान र ससुराबीच भनाभन र त्यसपछि ससुराद्वारा श्रीमान विनोद माथी कुटपीट भएको तर उल्टै दोष छोरा÷बुहारीमाथी लगाइएको दाबी गर्दै यी सबैको योजनाकार नन्द माधुरी नै रहेको दाबी गरिन ।
हरेक काममा हस्तक्षेप गर्ने र अस्विकार हुदा सासु÷ससुरालाई झुठो कुरा लगाएर घरको माहोल बिर्गाने नन्द माधुरी कै कारण घरको माहोल विग्रेको उनको कथन छ । विवाद पछि आफै छोरीको घरमा गई वसिरहेका सासु÷ससुराले आफु घर निकालामा परेको भन्नु चकित पार्ने विषय भएको उनको भनाई छ ।
श्रीमानलाई कुटेर घाइते बनाउने अनी आफु घाइते भएको नाटक रचेर ससुरा देवनारायण सोही दिन अस्पताल भर्ना भएको उनले सुनाइन । सोही दिन ससुरा साहले बैंकमा दुई पटक फिक्स डिपोजिट समेत गरे, पत्रकार सम्मेलनमा प्रमाणका रुपमा बंैकमा जम्मा गरिएको रकमको भौचार समेत देखाउँदै भनिन्, “सिकिस्त भएर अस्पताल भर्ना रहेका मान्छेले कसरी दुई पटक बैंकमा रकम जम्मा गर्न भ्याँए ? यस्ता पीडाका बावजुद पनि आपुृm सासु÷ससुरा संग मिलेर वस्त तयार रहेको भन्दै उनले पत्रकार सम्मेलन मार्फत घर फर्किन आग्रह समेत गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ