News Category 2071/12/25
बरही बिरपुर घटनाको बास्तविकता छानबिन हुनुपर्ने माँग
दैनिक संवाददाता
राजविराज, २४ चैत ।
सप्तरीको बरही विरपुर गाविसमा भएको आपसी विवादका कारण झै झगडा हुदाँ मृत्यु भएकी बृद्धाको घटना बारेमा वास्तविक छानबिन हुनुपर्ने पीडितका परिवारजनले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बरही बिरपुर ४ का जितेन्द्र कुमार रायले उक्त घटनाको बास्तविकता छानबिन गर्नुका साथै दोषी ब्यक्तिलाई कानुनी कारबाही तथा निर्दोष ब्यक्तिलाई सजाय नहुनुपर्ने माँग गर्नुभएको छ ।
आयोजित पत्रकार सम्मेलनमा रायले स्थानीय बेचन रायका ८० वर्षिया आमा राजबतीदेवी रायको ब्यक्तिगत रिसिभिका कारण मृत्यु भएको बताउँदै उहाँले बृद्धाको कुटपिटबाट मृत्यु नभएको दाबी गर्नुभएको छ ।
स्थानीय छिमेकीहरुले गरेको कुटपिटबाट बरहीबीरपुर गाविस ४ की ७० बर्षीया राजबतीदेवी रायको मृत्यु सम्बन्धिको घटना विभिन्न संचारमाध्यममा निराधार रहेको बताउँदै रायले उक्त घटनाको बास्तविकता छानबिन हुनुपर्ने माँग गर्नुभएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
ब्यक्तिगत रिसिभिका कारण बेचन राय र स्थानीय विद्यानन्द राय, शिबानन्द राय र कामेश्वर रायबिच झै झगडा भएको थियो ।
यसैबिच प्रहरीले कुटपिटमा संलग्न विद्यानन्दकी पत्नी बिन्दुल, कमानन्दकी पत्नी रेणुलाई पक्राउ गरेको तथा उनीहरु सो घटनामा संलग्न नरहेको रायले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बिन्दुल र रेणु सो समयमा खाना बनाउँदै गरेको जितेन्द्रको दावी रहेको छ ।
सोही पत्रकार सम्मेलनमा सोही ठाउँका विजय रायले बृद्धाका आप्mनै छोरा बेचनले मारेको दाबी गर्नुहुँदै उहाँले ब्यक्तिगत रिसिभिका कारण बृद्धाको हत्या गरेर फसाउँन खोजेको आरोप लगाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ