News Category 2082/07/16
लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासी पुनः आन्दोलनको तयारीमा जुटेका छन् ।
यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादव, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, संघर्ष समितिका वार्ता टोली सदस्य शम्भुलाल देव लगायतको अगुवाईमा बसेको बैठकले पाचौं चरणका आन्दोलनमा जाने निर्णय गरेको छ ।
यसका लागि आउदो शनिबार नगरवासीको बृहत भेला बस्ने र सोही भेलाबाट पाचौ चरणको आन्दोलन कार्यक्रम तय गरिने निर्णय भएको बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले जानकारी दिए ।
यसअघि ब्लक, बिटोरी जग्गाको आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा बिटौरी जग्गाको लालपूर्जा वितरणका लागि अविलम्ब पहल गर्ने सहमति भएको थियो । तर सो सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासी पुनः आन्दोलित भएका हुन् ।
बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ