News Category 2082/07/16
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल मुनर नमुना मावि विद्यालय भगवतपुरका निमित्त प्रधानाध्यापक गजेन्द्र प्रसाद दासले विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट असुरक्षित भएको गुनासो पोखेका छन् ।
न्यायका लागि आइतबार राजविराज आइपुगेका उनी संचारकर्मीहरुलाई भेट्दै आफू वरिष्टत्तम शिक्षक भएपनि कनिष्ट शिक्षक तुलसी दास चौधरीलाई निमित्त प्रअ बनाउने चलखेल भएको र सोको प्रतिबाद गर्न खोज्दा आफूलाई असहयोग भएको मात्र होइन ज्यान मार्ने सम्मको धम्की आउन थालेको बताए ।
बि.स.२०५३ सालमा शिक्षण पेशामा प्रवेश गरि आफू २०६० साल चैत १० गते देखी स्थायी भई नियमित रुपमा विद्यालयमा अध्यापन कार्य गर्दै आएको भएपनि विद्यालय व्यवस्थापन समितिका केही पूर्व र वर्तमान पदाधिकारी, शिक्षक, शिक्षा शाखाका प्रमुख र जनप्रतिनिधीसमेत मिलेर बढुवा प्रक्रियामा अन्याय गर्न खोजेको गुनासो गरे ।
बि.स. २०७५ साल फागुन ८ गते शिक्षा नियमावली विपरीत तत्कालिक विद्यालय व्यवस्थापन समितिले शिक्षक चौधरीलाई करारमा प्रअको नियक्ति दिएपछी आफू न्यायका लागि अदालतको शरणमा पुगेको बताए । उनले उच्च अदालत जनकपुर–राजविराज इजलाशले २०८१ माघ २३ गते निज चौधरीको प्रअ पदमा ५ वर्षका लागि गरिएको नियक्ति उत्प्रेषणको आदेशले बदर गरेपछी वरिष्टत्तमको आधारमा आफू निमित्त प्रअको जिम्मेवारीमा पुगेको उनको भनाई छ ।
तर आफूलाई कुनै बरबुझारथ नै नगरि तथा अदालतको आदेशको समेत वेवास्था गर्दै वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, केही शिक्षक, विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र शिक्षा शाखाका प्रमुख बिदुरबिक्रम थापासमेत मिलेर २०८२ असार ११ गते गोप्य बैठक गरि निज चौधरीलाई पुनः प्रअको जिम्मेवारीमा पु¥याएको उनको भनाई छ ।
उक्त निर्णय बिरुद्ध आफू अदालतको अवहेल्ना मुद्दा २०८२ असार १२ गते उच्च अदालत जनकपुर–राजविराजमा इजलाशमा दर्ता गराएको र हाल विचाराधिन अवस्थामा रहेको उनले सुनाए । कानुनी रुपमा हाल निमित्त प्रअको रुपमा आफू नै जिम्मेवारी सम्हालिरहेको भएपनि विपक्षिहरु मिलि काम गर्न अवरोध गर्ने र डरत्रास, धम्की दिएर भगाउन खोजेको उनको आरोप छ ।
उनले २०८१ माघ २३ गते भएको अदालतको आदेशको अवज्ञा गर्दै पूर्वकरारका प्रअ चौधरीले हालसम्म बरबुझारथ गर्न नमानेको र ताकेता गर्दा विद्यालयमा उपद्र मचाउनुका साथै धाकधम्की दिन थालेको भन्दै उनले शान्ति सुरक्षाको वातावरण मिलाईदिन समेत सरोकारवालासँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ