News Category 2082/07/16

विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास

दैनिक समाचारदाता

विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 

    सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल मुनर नमुना मावि विद्यालय भगवतपुरका निमित्त प्रधानाध्यापक गजेन्द्र प्रसाद दासले विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट असुरक्षित भएको गुनासो पोखेका छन् । 
    न्यायका लागि आइतबार राजविराज आइपुगेका उनी संचारकर्मीहरुलाई भेट्दै आफू वरिष्टत्तम शिक्षक भएपनि कनिष्ट शिक्षक तुलसी दास चौधरीलाई निमित्त प्रअ बनाउने चलखेल भएको र सोको प्रतिबाद गर्न खोज्दा आफूलाई असहयोग भएको मात्र होइन ज्यान मार्ने सम्मको धम्की आउन थालेको बताए । 
    बि.स.२०५३ सालमा शिक्षण पेशामा प्रवेश गरि आफू २०६० साल चैत १० गते देखी स्थायी भई नियमित रुपमा विद्यालयमा अध्यापन कार्य गर्दै आएको भएपनि विद्यालय व्यवस्थापन समितिका केही पूर्व र वर्तमान पदाधिकारी, शिक्षक, शिक्षा शाखाका प्रमुख र जनप्रतिनिधीसमेत मिलेर बढुवा प्रक्रियामा अन्याय गर्न खोजेको गुनासो गरे । 
    बि.स. २०७५ साल फागुन ८ गते शिक्षा नियमावली विपरीत तत्कालिक विद्यालय व्यवस्थापन समितिले शिक्षक चौधरीलाई करारमा प्रअको नियक्ति दिएपछी आफू न्यायका लागि अदालतको शरणमा पुगेको बताए । उनले उच्च अदालत जनकपुर–राजविराज इजलाशले २०८१ माघ २३ गते निज चौधरीको प्रअ पदमा ५ वर्षका लागि गरिएको नियक्ति उत्प्रेषणको आदेशले बदर गरेपछी वरिष्टत्तमको आधारमा आफू निमित्त प्रअको जिम्मेवारीमा पुगेको उनको भनाई छ । 
    तर आफूलाई कुनै बरबुझारथ नै नगरि तथा अदालतको आदेशको समेत वेवास्था गर्दै वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, केही शिक्षक, विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र शिक्षा शाखाका प्रमुख बिदुरबिक्रम थापासमेत मिलेर २०८२ असार ११ गते गोप्य बैठक गरि निज चौधरीलाई पुनः प्रअको जिम्मेवारीमा पु¥याएको उनको भनाई छ । 
    उक्त निर्णय बिरुद्ध आफू अदालतको अवहेल्ना मुद्दा २०८२ असार १२ गते उच्च अदालत जनकपुर–राजविराजमा इजलाशमा दर्ता गराएको र हाल विचाराधिन अवस्थामा रहेको उनले सुनाए । कानुनी रुपमा हाल निमित्त प्रअको रुपमा आफू नै जिम्मेवारी सम्हालिरहेको भएपनि विपक्षिहरु मिलि काम गर्न अवरोध गर्ने र डरत्रास, धम्की दिएर भगाउन खोजेको उनको आरोप छ । 
    उनले २०८१ माघ २३ गते भएको अदालतको आदेशको अवज्ञा गर्दै पूर्वकरारका प्रअ चौधरीले हालसम्म बरबुझारथ गर्न नमानेको र ताकेता गर्दा विद्यालयमा उपद्र मचाउनुका साथै धाकधम्की दिन थालेको भन्दै उनले शान्ति सुरक्षाको वातावरण मिलाईदिन समेत सरोकारवालासँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट