News Category 2082/07/16
बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
बलात्कारको कसुरमा कारागार कार्यालय सप्तरीमा कैदी जिवन बिताइरहेका एक कैदीले पीडित किशोरीसँगै विवाह गरेको खुलासा भएको छ ।
गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी राजविराजबाट फरार भएका सप्तरीको महादेवा गाउँपालिका ४ निवासी २४ वर्षीय शत्रुघन मुखियाले पीडित किशोरीसँगै विवाह गरेका हुन् ।
कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई सरकारले फिर्ता हुन सूचना जारि गरेपछी मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्केका हुन् । उनी कारागारमा फर्किदा दुलहीको रुपमा ती किशोरीलाई लिएर आएका थिए ।
शत्रुघन दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाएका थिए । त्यतिबेला पीडितका रुपमा उभिएकी ती किशोरी नै अहिले उनको श्रीमतीको रुपमा देखिएकी छिन् । पीडित किशोरी र मुखिया छिमेकी हुन् ।
कारागारबाट फरार भएको भोलिपल्टै भदौ २६ गते मुखियाले स्थानीय कमलामाई मन्दिरमा किशोरीसंग विवाह गरेको बताएका छन् । गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि उनी असोज १९ गतेसम्म किशोरी कै घरमा बस्दै आएका थिए ।
कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सुचना जारी गरेपछि उनी सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा नयाँ दुलहीलाई साथमा लिएर आत्मसमर्पण गर्न आए ।
कारागार फर्किदै गर्दा मुखिया दम्पतीले भने, “हामी प्रेममा थियौं, जबरजस्तीकरणी थिएन ।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो ।
आफुहरुबीच प्रेम रहेको र त्यस बेला पनि प्रेम विवाह गरी सहमती मै शारिरीक सम्बन्ध कायम भएको शत्रुघनको भनाई छ । तर अदालतले विहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोके पछि उनी जेल चलान भएका हुन् । न्यायका लागी अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाश समक्ष पुनरावेदन गरेको उनले जानकारी दिए ।
शुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्विकार गर्दा आफ्ना अभिभावकले शत्रुघन विरुद्ध बलात्कारको आरोप लगाई प्रहरीमा उजुरी दिएको ज्योतिको भनाई छ । अहिले पनि उनका बुवाले आफुहरुको विवाहलाई स्वीकार्न तयार नरहेको ती किशोरीले सुनाइन् ।
उनका अनुसार सुरुवातमै दुबैबीच प्रेम सम्बन्ध थियो, तर परिवारको अस्वीकारका कारण विवाद चर्कियो । “बुवाले उजुरी गरेपछि शत्रुघन जेल परे । गाउँले र अभिभावकले जे भने त्यही कागजमा सही गरें त्यही कागजले उनलाई जेलमा पु¥यायो” किशोरीले भनिन् अहिले डेढ महिनाको गर्भवती छु ।
फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागर फर्किनु सकारात्मक कदम भएपनि सजाय पुरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गंगालाल योगीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ