News Category 2082/07/17
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. २ स्थित कदमाहा–गाईघाट सडक खण्डबाट स्रोत नखुलेको २३ लाख नगद सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं. ५ का २८ वर्षीय गाडी चालक किरण सिटौला र सोही गाडीमा सवार १९ वर्षीय धिरज प्रसाई रहेका छन् ।
आईतबार राति ८ः५० बजे इलाका प्रहरी कार्यालय भेडिया कार्यालय अगाडीको चेकपोस्टमा खटिएको टोलीले सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डमा चेकजाँच गर्ने क्रममा बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्दा नगद २३ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले गाडी, रकम, दुई थान मोबाईल र दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार सोही गाडीबाट साइकलमा हावा भर्ने पम्प एकसय थान, इलेक्ट्रिक रिक्साको मोटर तीन थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री तीन थान, इलेक्ट्रिक ब्याट्री चार्जर ७ थान र ब्याट्री टेस्टर थान एक थान गरी ६० मुल्य बराबरको सामान समेत नियन्त्रणमा लिईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ