News Category 2082/07/19
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
निवर्तमान प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुरले अब हुने निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताएकी छिन् ।
राजविराजमा बुधबार सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । आफू जन्मेको निर्वाचन क्षेत्र यही भएको र यहाँको जमिनी अवस्थाबारे पूर्ण जानकार पनि भएकोले आफू यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको दावी गरेकी हुन् । यद्यपी कुन पार्टीबाट चुनावमा उम्मेदवार बन्ने भन्नेबारे उनले खुलाइनन् ।
निर्वाचन क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य र विकासको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले यो सबैमा उल्लेख्य परिवर्तन ल्याउन सक्षम, इमान्दार र यसैक्षेत्रको बासिन्दालाई जिताउनुपर्ने धारणा राखिन् ।
“निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा जन्मिएकोे इमान्दार र जमिनी अवस्थाबारे जानकार उम्मेदवारलाई जिताउनु आवश्यक छ” उनले भनिन् “त्यसका लागि आफूलाई उपयुक्त ठान्दछु ।”
आफूले निर्वाचन क्षेत्र नं. २ का समस्याबारे सबै भन्दा बढी आवाज उठाएको भन्दै यस क्षेत्रको विकासका लागि पनि निकै प्रयास गरेको जानकारी दिईन् । “मैलै पहल गरेर यसबर्ष १५ करोड बजेट विनियोजन गराउन सफल भएकी छु” ठाकुरले भनिन् ।
विगतमा पनि यहाँको विकासका लागि आफूले पहल गरेर धेरै काम गरेपनि त्यसको प्रचारबाजी नगरेको हुँदा जनतामा नेताहरु केही काम गर्देन भन्ने सन्देश बढी फैलिएको गुनासो गर्दै उनले राम्रो र सकारात्मक कामलाई उजागर गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरिन् ।
“जनतामा नेता केही गर्दैनन् भन्ने भावना फैलिएको छ, हाम्रो प्रयासमा भएका विकसिय कामहरुबारे कलम चलाउनुस र यसले आम जनतामा सकारात्मक सोचको विकास हुन्छ” उनले भनिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ