News Category 2082/07/20
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका अन्तरगत सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु विगत चार महिनादेखी तलब नपाएको भन्दै बाध्य भई बिहिवारदेखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।
आन्दोलन परिचालन समितिले बिहीबार आन्दोलनका कार्यक्रमसहित नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बुझाइएको ज्ञापनपत्रमा चालु आ.व. २०८२÷०८३ को श्रावणदेखि हाल सम्मको तलब भत्ता सुविधा राज्यले उपलब्ध गराए पनि नगर प्रमुख र उपप्रमुख बीचको आन्तरिक विवादको कारण सो पाउनबाट बञ्चित भएको उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालयमा उपस्थित नरहेकोले राष्ट्र सेवक शिक्षक कर्मचारीहरु गत असोज २४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा तलव भत्ता निकासामा सहजीकरणकोलागी ज्ञापनपत्र बुझाएको र २७ गते नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु बीच सहजीकरण समेत गर्दा तलव भत्ता हालसम्म उपलब्ध नगराएको ज्ञापनपत्रमा जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत कात्तिक २० र २१ गते विभिन्न कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने, २३ र २४ गते बिहान ११ः०० बजे नगरपालिकाको गेट अगाडि धर्ना दिने तथा सो अवधीसम्म पनि तलब भत्ता उपलब्ध नभए २४ गते आगामी आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उल्लेख छ ।
विभिन्न १३ वटा सरोकारवाला निकायलाई बोदार्थ गरिएको ज्ञापनपत्र मार्फत आन्दोलनमा सहभागिता जनाउन नगरपालिका अन्तर्गतका विषयगत शाखाका शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारी, स्वास्थ्य कर्मचारीहरु, सफाईकर्मीहरु साथै मम्पूर्ण सरोकारबालाहरुलाई सहभागी हुन आह्वान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ