News Category 2082/07/21
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश साहले आफुसँग जोडेर चरित्र हत्या र भ्रम पैmलाउने प्रयास भएको गुनासो पोखेका छन ।
दुई दिन अघि “पब्लिक खबर २४” नामको फेसबुक पेजमा डा.साह र एक यूवतीबीचको फोन सम्वादको अडियो सार्वजनिक गरिएपछि शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो गुनासो पोखेका हुन ।
आफ्नो सरुवा र थमौती प्रकरणलाई प्रभावित बनाउन र चरित्र हत्या गर्ने मनसायका साथ यसरी हुदै नभएको सम्वाद अडियो मार्फत सार्वजनिक गरिएको उनको दाबी छ ।
“मंगलवार मेरो सरुवा भयो भोली पल्टै बुधवार थमौती भो”, उनले भने–“सोही राती पब्लिक खबर २४ नामको फेसबुक पेजबाट मलाई बदनाम गर्ने गरी मेरो नाम र पद जोडेर एउटा युवती संग असोभनीय सम्वाद भएको भनी झुठो अडियो सार्वजनिक भयो, यो सबै म विरुद्ध सुनियोजित षडयन्त्र हो ।”
आप्mनो थमौती भएको थाहा भएपछी मेसुका आकांक्षी अर्का एक डाक्टरको उक्साहटमा “पब्लिक खबर २४” का संचालक आदित्य अजय भनिने आदित्य मण्डलको मिलिभगतमा यस्तो प्रयास भएको दाबीका साथ उनले उक्त प्रकरणको सत्यतथ्य छानवीन गरी दोषी माथी कडा कारवाहीको माग समेत गरेका छन ।
मेरो चरित्र हत्या गर्ने उद्देश्यले सम्प्रेषित उक्त साम्रगी तथ्यहिन रहेको दाबीका साथ उनले आफुले कहिल्यै कुनै युवतीसंग यस किसीमको असोभनिय वार्तालाप नगरेको स्पष्ट पारेका छन ।
उनले आफुलाई बदनाम गर्ने गरी भ्रमपुर्ण अडियो तयार गरी सार्वजनिक गर्नेहरुलाइ कानुनी दायरामा ल्याउन न्यायका लागी संचारकर्मी हुदै स्थानीय प्रशासन र अदालत सम्म पुग्ने जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ