News Category 2082/07/23
करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
राजविराजस्थित करदाता सेवा कार्यालय हटाउने निर्णय विरुद्ध गठित संर्वदलिय सर्वपक्षिय संर्घष समिती सप्तरीले निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई आइतबार ज्ञापन पत्र पठाएको छ ।
संघर्ष समितीका संयोजक सुरेन्द्र यादव तथा उधोग बाणिज्य संघ सप्तरी, राजनीतिक दल र विभिन्न पालिकाका प्रतिनिधीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले. प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
टोलीमा सहभागी विभिन्न पालिकाका प्रमुख, राजनीतिक दल तथा उधोग बाणिज्य संघका प्रतिनीधीले करदाता सेवा कार्यालय जिल्लाबाट सार्ने निर्णय ७२ घण्टा भित्र नसच्याइए आन्दोलनको आँधीवेरी सृर्जना गर्ने चेतावनी समेत दिएका छन ।
ज्ञापन पत्र बुभ्mदंै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तत्कालै सम्बन्धित ठाउँमा पठाई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट देशले धेरै क्षति व्योहोरी सकेको भन्दै वार्ता र सम्वादबाटै समाधान खोज्नु उपयुक्त हुने धारणा राखेका थिए ।
द्वन्दकालमा राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय सिरहाको लहान सारिएपछी लामो समयको प्रयास पश्चात् २०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
नेपाल सरकारले तोकेकोे लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको उक्त केन्द्रलाई पछिल्लो पटक २०८२ साल कार्तिक १७ गतेको मन्त्री परिषदको बैठकले सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमै गाभ्ने निर्णय गरेको थियो ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यस कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ