News Category 2082/07/24
राजविराजमा महिला क्रिकेट सुरु
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
डिस्ट्रिक लेवल गल्र्स इन्टर हव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता राजविराजमा सुरु भएको छ ।
स्थानीय पविमाविको खेल मैदानमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले उद्घाटन गरेका छन् ।
क्रिकेट संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले क्रिकेट खेलमा महिलाको सहभागिता अभिबृद्धि तथा स्तरिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सिरहाले घरेलु टोली सप्तरीलाई ३ रनले पराजित गरेको छ । टस हारेर पनि व्याटिङ गर्ने अवसर पाएको सिरहाले निर्धारित ओवरमा ८ विकेटको क्षतिमा ८० रनको चुनौती पेश गरेको थियो ।
जवाफी व्याटिङमा उत्रेको घरेलु टोली सप्तरी निर्धारित ओवरमा ८ विकेट गुमाई ७७ रन मात्र बनाउन सफल भएपछी पराजयको सामना गर्नुप¥यो ।
यसैगरी सोमबारै सम्पन्न दोश्रो खेलमा मोरङले धनुषालाई ९ विकेटले पराजित गरेको छ । टस जितेर धनुषाले १० ओभर १ बलमा सबै बिकेट गुमाएर २४ रन मात्र बनाउन सकेको थियो । प्रतिउत्तरमा मोरङले २ ओभर २ बलमा १ बिकेटको क्षतिमा बिजयी भएको थियो ।
सबल नेपालको सहयोग, मधेश प्रदेश क्रिकेट संघ तथा सप्तरी क्रिकेट संघको समन्वयमा संचालित प्रतियोगितामा मोरङ, धनुषा, सिरहा र घरेलु टोली सप्तरी गरी कुल चार वटा महिला टिमको सहभागिता रहेको छ ।
लिगकम नकआउट प्रणालीका आधारमा संचालित प्रतियोगिता २७ कात्तिक सम्म चल्ने छ । प्रतियोगितामा निरज सिंह, चन्दन यादव र सन्तोष देवले निर्णायकको भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ