News Category 2082/07/24
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरीका सात वटा राजनीतिक दलले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जसपा नेपालका अध्यक्ष केदार प्रसाद यादव, नेपाली काँग्रेस सप्तरीका प्रतिनिधि शम्भुलाल देव, नेकपा माओवादीका केन्द्रिय सदस्य अशोक कुमार मंडल, जनमत पार्टीका इन्चार्ज रामगमन साह, नेकपा समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरी, लोसपा नेपालका अध्यक्ष सुनिलकुमार झा र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष दिपेन्द्र कुमार चौधरीद्वारा सोमबार जारि संयुक्त विज्ञप्ति मार्फत नयाँ मुख्यमन्त्री नियुक्रिबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
जारि विज्ञप्तिमा “प्रदेश प्रमुखले संविधान विपरीत र लोकतान्त्रिक मुल्य मान्यताको खिलापमा झूठ, फरेब र धोकाधडीको सहारा लिई अशोभनीय व्यवहार देखाउनु एउटा सभ्य समाजको निम्ति लज्जाको विषय हो ।” भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, “संविधानको धारा १६८(२) बमोजिम सरकार बनाउने आधार हुदाहुदै बदनियतपुर्ण तरिकाले दलको कार्यकर्ता झै प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्ति गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले यसको घोर भत्सर्ना गर्दछौ । उपचार गराउने नाममा भाग्नु र कटेजमा सपथ खुवाउने कार्यले संघीयता, लोकतन्त्र र संविधानको घोर अपमान गरेको छ ।”
संवैधानिक र लोकतान्त्रिक विधि प्रक्रियावाटै सबै समस्याहरुको समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दै विज्ञप्तिमा संविधान, लोकतन्त्र र संघीयता माथि प्रहार गर्ने दलको विरुद्धमा एकजुट भई अगाडि बढ्न सबै जनतासंग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ