News Category 2082/07/24
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरीका सात वटा राजनीतिक दलले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जसपा नेपालका अध्यक्ष केदार प्रसाद यादव, नेपाली काँग्रेस सप्तरीका प्रतिनिधि शम्भुलाल देव, नेकपा माओवादीका केन्द्रिय सदस्य अशोक कुमार मंडल, जनमत पार्टीका इन्चार्ज रामगमन साह, नेकपा समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरी, लोसपा नेपालका अध्यक्ष सुनिलकुमार झा र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष दिपेन्द्र कुमार चौधरीद्वारा सोमबार जारि संयुक्त विज्ञप्ति मार्फत नयाँ मुख्यमन्त्री नियुक्रिबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
जारि विज्ञप्तिमा “प्रदेश प्रमुखले संविधान विपरीत र लोकतान्त्रिक मुल्य मान्यताको खिलापमा झूठ, फरेब र धोकाधडीको सहारा लिई अशोभनीय व्यवहार देखाउनु एउटा सभ्य समाजको निम्ति लज्जाको विषय हो ।” भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, “संविधानको धारा १६८(२) बमोजिम सरकार बनाउने आधार हुदाहुदै बदनियतपुर्ण तरिकाले दलको कार्यकर्ता झै प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्ति गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले यसको घोर भत्सर्ना गर्दछौ । उपचार गराउने नाममा भाग्नु र कटेजमा सपथ खुवाउने कार्यले संघीयता, लोकतन्त्र र संविधानको घोर अपमान गरेको छ ।”
संवैधानिक र लोकतान्त्रिक विधि प्रक्रियावाटै सबै समस्याहरुको समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दै विज्ञप्तिमा संविधान, लोकतन्त्र र संघीयता माथि प्रहार गर्ने दलको विरुद्धमा एकजुट भई अगाडि बढ्न सबै जनतासंग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ