News Category 2082/07/24
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
दैनिक समाचारदाता
जनकपुर, २४ कात्तिक ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाममा सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले बिहानदेखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूको एक समूहले कार्यालयको प्रवेशद्वारमा रहेका सजावटी गमलाहरूमा क्षति पुर्याएका छन् ।
यस्तै विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले जनकपुरस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी पनि गरेका छन् ।
जनकपुर बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन् ।
यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए ।
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ