News Category 2082/07/24
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प भएको छ ।
आइतबार साँझ एनआईसियू कक्षमा अचानक विद्युतीय सर्ट भई झरेको बल्बबाट भर्ना रहेका एक नवजात शिशु घाईते भएपछी आफन्तद्वारा गरिएको तोडफोड र चिकित्सकमाथी गरिएको हातपातको बिरोधमा अस्पतालबाट प्रवाह हुने सेवाहरु ठप्प भएको हो ।
तोडफोड र चिकित्सकमाथी हातपात गर्नेहरुलाई कारवाही र सुरक्षाको माग गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु आइतबार रातीदेखी नै ठप्प पारेका हुन् ।
अस्पताल प्रशासनले सोमवार एक सूचना प्रकाशित गरेर चिकित्सक माथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराए सम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सूचारु गर्न असर्मथ हुने जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी डम्बर बहादुर पुरीले घट्नामा संलग्न मध्येका चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको तथा अस्पतालमा थप कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
घटना विवरण अनुसार आईतवार साँझ सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया टोलकी रेखा यादवले जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियू कक्षमा भर्ना गरिएको थियो । साँझ पख अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालामा जलन भएको थियो ।
उक्त घटना पछी आक्रोशित आफन्तले तोडफोड, चिकित्सकलाई गालीगलौज र निमित्त मेसू डा. दिलिप साहमाथी हातपात गर्न थालेपछी भागाभाग मच्चिएको थियो । जसकारण रातभर अस्पताल चिकित्सक विहीन बन्न पुगेको थियो ।
घाईते नवजात शिशुलाई तत्कालै एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको र स्वास्थ्य अवस्था निकै सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ ।
एनआईसियू कक्षमा अचानक विद्युत सर्टभई उक्त घटना हुदा घाईते सहित चार नवजात शिशु भर्ना रहेका थिए । सबैलाई ड्यूटीमा रहेका नर्सहरुले सकुशल उद्धार गरेको निमित्त मेसू साहले जानकारी दिए ।
उनले विद्युत सर्किटको अवरोधको समस्या देखिएपछी अहिले प्राविधिक मार्फत अस्पतालको सम्पूर्ण विभागको विद्यूतिय उपकरणको चेकजाँच र मरर्मतको कार्य सूरु गरिएको जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ