News Category 2082/07/25
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको सबै सेवाहरु मंगलबारदेखी सुचारु भएको छ । आईतबार रातीदेखि अस्पतालका सेवाहरु ठप्प रहेको थियो ।
अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने उपर कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएपछि अस्पतालको सेवा सुचारु भएको हो ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ हर्दिया टोलकी रेखा यादवले आईतवार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियु कक्षमा राखिएको थियो । सोही दिन साँझ अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड, चिकित्सकलाई गाली गलौज गर्दै निमित्त मेसु डा. दिलिप साह माथी हातपात गरेपछि अस्पतालको आकस्मिक बाहेकाका सबै सेवा ठप्प भएको थियो ।
सर्वपक्षिय छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घट्नामा संलग्न उपर कारवाही र क्षतिपुर्ती भराउने प्रतिवद्धता जनाएपछि अस्पतालको सेवा सुचारु गर्ने सहमती भएको निमित्त मेसु डा. साहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अस्पतालमा तोडफोड गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका ६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले सार्वजनिक अस्पतालमा तोडफोड गर्ने खोज्ने आपराधिक उपद्रव गरेको कसुरमा पक्राउ परेका चारै जनालाई सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।
यसअघि अस्पताल प्रशासनले सोमबार सुचना प्रकाशित गरेर चिकित्सकमाथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराएसम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सुचारु गर्न असर्मथ हुने जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ