News Category 2082/07/27
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् ।
आन्दोलनका कार्यक्रमहरुमा कालोपट्टी बाधेर कारोबार गर्नेदेखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने सम्म रहेको छ ।
बिहीबार संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा जारि विज्ञप्तिमा बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकल्न गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाउने कार्यक्रम रहेको उल्लेख छ ।
त्यस्तै शनिबार सम्पूर्ण उद्योगी व्यवसायीहरुले आ–आफनो कारोवार स्थलमा कालोपट्टी बाँधी कारोवार गर्ने र सोही दिन दिनको ३ बजे संघको सचिवालयमा कालोपट्टी बाधेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यस्तै आइतबार बिहान १० बजेदेखी ११ बजेसम्म जिल्लाा प्रशासन कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने बिरोधमा बिहीबार सर्वदलिय सर्वपक्षिय बैठकबाट निर्णय गरि बिरोधका कार्यक्रमहरु सार्वजनिक गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
यसअघि सोको बिरोधमा पहिलो चरणमा कात्तिक २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन, २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाएको थियो ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ