News Category 2082/07/28
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा अदालतमा भएको क्षति अवलोकनका क्रममा शुक्रबार राजविराज आइपुगेका प्रधानन्यायाधिश राउतले यस्तो बताएका हुन् ।
‘जनताको सम्पत्ति र न्याय दिने स्थल अदालत जलाउनेलाई उन्मुक्ति होइन् कानुनी दायरामा ल्याउनुपर्छ, उनले भने ‘यसको गम्भिर अनुसन्धान हुनुपर्छ ।’
उनले अदालत भनेको जनताको सम्पत्ति भएको बताए । ‘यो जनताको सम्पत्ति हो । नष्ट हुँदा, आगजनी हुँदा, तलामाथि हुँदा अनुसन्धान हुनुपर्छ’ उनले भने ।
उनले अनुसन्धानका निम्ति अदालतहरुले प्रहरीमा जाहेरी दिइसकेको पनि बताए ।
जेनजी आन्दोलनका क्रममा देशभरिका अदालतहरुमा भएको आगलागीबाट अढाई अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । ‘यो २०७४÷७५ तिरको मूल्य अनुसारको हो’ उनले भने, ‘अहिलेको मूल्यलाई हेर्ने हो भने त्योभन्दा बढीको क्षति भएको छ ।’
सर्वोच्चसहित देशभरिका अदालतमा जलेका मिसिलहरु खडा भइरहेको भन्दै फैसला दिन समस्या नहुने बताए ।
उच्च बार एशोसिएशन, राजविराजले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका राउतले देबानी प्रकृतिका मुद्दाहरुको कुनै कागज नभेटाइए मिलापत्रको प्रयत्न गर्न सुझाव दिए ।
कानुन व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘कागजात भेटाइएन, मिसिल खडा हुन सकेन भने यस्तो मुद्दामा यहाँहरुको योगदान अपरिहार्य छ । यस्तो मुद्दघामा मिलापत्रको प्रयत्न गरिदिँदा मिसिल नहुँदा पनि वैधानिकता पाउँछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ