News Category 2082/07/30
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने माग राख्दै राजविराजस्थित खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरिएको छ ।
आइतबार उक्त कार्यालयमा जेनजी समूहका अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा पुगेको टोलीले तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कार्यालयको दैनिक कामकाज प्रभावित बनेको छ ।
संस्थानबाट दिइने सेवाहरु कुशलतापूर्वक प्रदान गरिरहेको निमित्त कार्यालय प्रमुख राजाराम यादवको अन्यत्र सरुवा गरिएकोले सो सरुवा रोकिनु पर्ने तथा सुधारका अन्य मुद्दाहरु सम्बोधनका लागि दबाब दिने उद्देश्यले तालाबन्दी गरिएको जेनजी अगुवा आलमले बताएका छन् ।
उनले निमित्तका ठाउँमा अर्का निमित्त कार्यालय प्रमुख नै राख्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । यादवको सरुवा संस्थानलाई कमजोर बनाउने खेल भएको उनको दाबी छ ।
कार्यालय प्रमुख यादवको सरुवा रोक्नुका साथै संस्थानबाट दिइने सेवाहरुमा थपबिस्तार र सुधारका लागि यस अघि शुक्रबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री, खानेपानी मन्त्रालय तथा नेपाल खानेपानी संस्थान केन्द्रिय कार्यालयमा ज्ञापनपत्र पठाएर ध्यानाकर्षण गराउदा पनि कुनै पहल नभएकाले तालाबन्दी गर्नु परेको उनीहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ