News Category 2070/04/06
“अमृतालिंगम् प्रवृति” कामतियारस“ग कुनै सहकार्य र मोर्चा बन्दी हुनेछैन ः गुप्ता
राजविराजं÷तराई मधेस राष्ट्रिय अभियाका संयोजक जयप्रकाश गुप्ताले हालका दिनहरूमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले मधेसको राजनीतिक मागहरूका विरुद्ध गम्भिर अपराध गरिरहेको बताउनुभएको छ ।
गुप्ताद्वारा जारी विज्ञप्तीमा मोर्चाले नागरिकताको प्रमाणपत्रकै आधारमा मतदाता नामावली संकलन गर्ने बिषयमा सहमति जनाएर मधेश र मधेशी जनता बिरोधी काम गरेको उल्लेख छ ।
मधेसका प्रायः सबै जिल्लाहरूमा लगभग एक लाखको संख्यामा मतदाता घटेको तथा संविधान सभाका सदस्य संख्या ६ सय १ बाट झारेर ४ सय ९१ पु¥याउने छलकपटमा मोर्चाले सहमति गरेको गुप्ताको भनाई छ । यस कारण संविधान सभामा समानुपातिकको ९५ संख्या घटेपनि मोर्चाका नेताहरुले वेवास्ता गरेको उहाँले बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
यसबाट मधेसी, जनजाति, दलित आदिकै प्रतिनिधित्व घटने समेत निश्चित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यिनीहरूले संविधानमा एकैपटक २५ वटा संशोधन हुदाँ निर्वाचन क्षेत्र सम्बन्धि बिषयमा अपरिहार्य मानिएको संशोधनलाई नियतवश अनदेखा गरिएको आरोप गुप्ताको रहेको छ ।
मधेसको जनसंख्या लगभग २ प्रतिशत बढेपनि निर्वाचन क्षेत्र नबढ्ने गम्भीर स्थिति आएकोले ११ सूत्रीय सहमतिमा हस्ताक्षर हुनु मधेशका लागि घातक रहेको विज्ञप्तिमा जनाइएको छ ।
‘मोर्चाबाट गरिएका यी अक्षम्य अपराधहरू हुन्–जसले दीर्घकालिन रूपमा मधेसको अपूरणीय क्षति गरेको छ’ गुप्ताले बिज्ञप्तीमा भन्नुभएको छ, ‘यस अतिरिक्त अन्य अपराधहरूको फेहरिस्त निकै लामो छ । मधेसको राजनीतिमा देखिएको यो ‘अमृतालिंगम् प्रवृति’ राज्यको मधेस विरोधी नीति भन्दा पनि खतरनाक तथा घातक छ ।’
विज्ञप्तिमा भनिएको छ, “अबको मधेसी अधिकारवादी राजनीतिमा ‘अमृतालिंगम् प्रवृति’ कामतियारहरूसंग मेरो र तराई मधेस राष्ट्रिय अभियानको कुनै सहकार्य हुनेछैन । यस कू–प्रवृतिलाई मलजलदिने, चुनावमा चोख्याउने गरी यिनीहरूसंग मेरो र तराई मधेस राष्ट्रिय अभियानको कुनै चुनावी गठबन्धन वा मोर्चावन्दी हुनैछैन । बरु यिनीहरूका विरुद्ध सम्पूर्ण शक्तिलाई केन्द्रीत गर्नुपर्ने अवस्था आएको छ । यस अभियानमा सरिक हुन र एक उत्सर्गी जमातको निर्माण गर्न म मधेसका तरूण, युवाएवं विद्यार्थीहरूमा अपील गर्दछु । “कि मरण कि मृत्यू”को नयाँ संकल्पलिदैं एकतावद्ध हुनअब ढिलो नगरौंं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ