News Category 2082/07/30
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा उद्योगि, व्यापारी तथा निर्माण व्यावसायीहरुले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् ।
दोश्रो चरणको आन्दोलनका क्रममा शनिकार उद्योगि व्यापारीहरुले कालोपट्टी बाधेर कारोबार गर्दै आइतबार प्रशासन कार्यालयमा धर्ना बसेका हुन् ।
यसअघि बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकलन गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाएका थिए ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ