News Category 2082/07/30
स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
पालिकाहरुले स्थानीयस्तरमै आन्तरिक आयश्रोत बढाउने कार्य तर्फ अग्रसर हुनुपर्ने अवस्था रहेको छ । स्थानीय स्तरमै रहेका विभिन्न मनोरमीय, धार्मिक तथा पर्यटन स्थलहरुलाई आय श्रोतको रुपमा अगाडी बढाउन सके रोजगारीको अवस्था सृजना समेत हुन्छ । त्यस्ता स्थलहरुको पहिचान गरि दिर्घकालिन नीति बनाएर अगाडी बढाउन सकिए ती स्थलहरु पर्यटक स्थलको रुपमा अगाडी बढ्नुका साथै रोजगारीको अवस्था सृजना तथा पालिकाको पनि चिनारी हुनेछ । यसका लागि सम्पूर्ण पालिकाले आ–आफ्नो क्षेत्रमा रहेका प्राकृतिक स्थलहरुको अध्ययन र अनुसन्धान समेत अगाडी बढाउन अग्रसरता देखाउनु जरुरी छ ।
सप्तरी जिल्लामा त्यस्ता अनेकौं स्थलहरु छन् तर, पालिकाहरु त्यसतर्फ गम्भिर बन्न सकेका छैनन् । मात्र संघ र प्रदेशको मुख ताकेर बजेट आउने आशमा हुन्छन् । स्थानीय तहमै आयको श्रोत हुँदा पनि त्यसतर्फ गम्भिर नहुनु र अरुको मुख ताक्नु विडम्बना हो । त्यस्ता स्थलहरुको दिर्घकालिन नीति बनाएर पञ्च वर्षिय योजनामा राख्न सके आम्दानीको श्रोत पक्कै पनि बढ्न सक्छ । पालिकाहरुले ती स्थलहरुप्रति ध्यान दिन नसकेकोले त्यस्ता स्थलहरुको अस्तित्व नै ओझेलमा पर्न थालेको छ । आन्तरिक पर्यटन, धार्मिक तथा रमणिय स्थलहरु सप्तरीमा एक दर्जन भन्दा बढी छन् । तर, ती स्थलहरु उचित सम्बद्र्धन र विकासको अभावमा बाझो परेको अवस्था रहेको छ । शिवशनि धाम, लोहजरा दह, धारापानी, दुधेला खोला, कृष्णासवरण, छिन्नमस्ता, कंकालिनी, राजदेवी लगायत स्थलहरु स्थनिय निकायको हेलचक्राइका कारण अहिलेसम्म ओझेलमा परेको छ । स्थानिय तहले हालसम्म ती क्षेत्रहरुको सम्बद्र्धन तथा विकासका लागि कुनै बजेट बिनियोजन गरेको देखिदैन ।
तसर्थ स्थानिय सरकारले आन्तरिक आय श्रोत बढाउनका लागि ती स्थलहरुलाई प्राथमिकतामा राखी अग्रसरता देखाए रोजगारीको अवस्था समेत सृजना हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ