News Category 2082/08/02
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा दुई दिन अघि जेनजी समुहले लगाएको ताला स्थानीय प्रशासनले मंगलवार फुटाई दिएका छन ।
तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको देखेपछी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताला फुटाइएको हो ।
आफुहरुसंग कुनै छलफल नै नगरी ताला फुटाइएको भन्दै आक्रोशित जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका छन ।
उनीहरुले बल प्रयोग गरी सहमती बिनै ताला खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन ।
संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माँग राखी जेनजी समुहका अगुवाहरुले दुई दिन अघि संस्थानको कार्यालयमा तालाबन्दी गरेका थिए ।
जसकारण संस्थानको दैनिकी कामकाज र सेवा प्रवाहमा समस्या भएको थियो । जेनजी समुहका अगुवा मो.मुस्तकिम आलमले एकतर्फी रुपमा आफुहरु संग कुनै समन्वय नगरी ताला फुटाउनु दमनको नीती भएको बताए ।
उनले प्रमुख जिल्ला अधिकारी पोखरेलले वार्ताका लागी बोलाउने भनी आश्वासन दिएकाले आफुहरुको माँग सम्बोधन नभए पुनः तालाबन्दी गर्ने जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ